काठमाडौं– नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको सि सं १० हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको उपरथी बालकृष्ण कार्कीले सुभारम्भ गरेका छन्।
नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै उपरथी कार्कीले तालिमले सहभागीहरुको पेशागत ज्ञान बढ्न गइ समग्र संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताए। सहायक कार्कीले जटिल अपरेशनल वातावरणमा समेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा २९ जना महासेनानी तथा प्रमुख सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ। उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।