काठमाडौं– स्रोत नखुलेको १० लाख ६३ हजार बढी नगदसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु हुण्डी कारोबारी भएका जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ पर्नेमा भारतीय राज्य बिहारको पश्चिम चम्पारण इनर्वा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका-२ गुलरीया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाइ ल्याएको रकमसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलाय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
उनीहरुको साथबाथ नेपाली रुपैयाँ १० लाख ६३ हजार ६२० र भारतीय रुपैयाँ १ हजार ६०० बरामद भएको डिएसपी खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।