• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

'अनुसन्धान ब्यूरो'का नाममा नेपाल प्रहरीको समानान्तर संगठन बनाउने लुम्बिनी सरकारको तयारी

64x64
नेपाल लाइभ आइतबार, भदौ १३, २०७८  १६:११
1140x725

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान ब्यूरो’ गठनका लागि भन्दै प्रदेश सभा सचिवालयमा विधेयक दर्ता गराएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको यो विधेयकको मस्यौदा गत जेठमै प्रदेश सभा सचिवालयमा दर्ता गरिए पनि भर्खरै मात्र त्यसको जानकारी बाहिर आएको हो।

प्रदेश सभा सचिवालय स्रोतका अनुसार मन्त्रालयले तयार पारे पनि त्यसलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभामा पुर्‍याएको थियो। त्यसबेला आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ थिए। मुख्यमन्त्री शंकर पोखरेल थिए। पोखरेललाई विस्थापन गर्दै अहिले केसी नै मुख्यमन्त्री बनेका छन्। केसीकै ‘आइडिया’अनुसार यो विधेयक तयार भएकाले अब ब्यूरो गठनका लागि पहल अघि बढाउने र त्यसका निम्ति विधेयकलाई प्रदेश सभामा टेबल गर्ने तयारी अघि बढ्ने बताइएको छ।

प्रहरीको समानान्तर संगठन
‘लुम्बिनी प्रदेशभित्र शान्ति र सुव्यवस्था कायम राखी राष्ट्रिय स्वार्थ परिपूर्तिको लागि आवश्यक सूचना संकलन गरी प्रशोधन गर्न समेत बाञ्छनीय भएकोले यो ऐनको आवश्यकता परेको’ विधेयकमा उल्लेख छ। 

विधेयकको दफा ३ अनुसार प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान सेवा’ गठन गर्ने र त्यो सेवाका कर्मचारी प्रदेश लोकसेवा आयोगबाट पूर्ति गरिनेछ। दफा ४ मा ‘प्रदेश अनुसन्धान सेवा’ सञ्चालनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत् प्रदेश अनुसन्धान ब्यूरो स्थापना हुने उल्लेख छ। ब्यूरोको केन्द्रीय कार्यालय प्रदेश राजधानीमा रहने र आवश्यकता अनुसार ब्यूरोका जिल्ला कार्यालयहरु पनि स्थापना गर्ने भनिएको छ। 

तर, विधेयकमा केही यस्ता प्रावधान प्रस्ताव गरिएका छन् जसबाट यसलाई नेपाल प्रहरीको समानान्तर संगठन बनाउन खोजिएको प्रष्ट हुन्छ। 

पहिलो त यो प्रहरी संगठन नै होइन जसलाई प्रहरीको जिम्मेवारीमा ‘ओभरल्याप’ गर्ने अधिकार दिन खोजिँदैछ। विधेयकको दफा ८ को उपदफा १ र २ मा प्रष्ट लेखिएको छ, ‘प्रदेश अनुसन्धान सेवाको प्रमुख ब्यूरो प्रमुखको रुपमा रहनेछ। ब्यूरो प्रमुखको नियुक्ति मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले गर्नेछ।’ यसले ब्यूरो प्रमुख निजामती कर्मचारीलाई बनाउन खोजिएको प्रष्ट पार्छ। सोही दफाको उपदफा ४ मा ‘यस दफाको उपदफा १ बमोजिमको उम्मेदवार उपलब्ध नभएमा सुरक्षा निकायको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदबाट अवकाश पाएको व्यक्ति ब्यूरो प्रमुखका रुपमा नियुक्त हुन सक्नेछ’ भनिएको छ।

विधेयकको सबभन्दा विवादास्पद व्यवस्था दफा ६ मा छ, जसले यसलाई प्रहरीको समानान्तर संगठन बनाउन खोजेको प्रष्ट हुन्छ। दफा ६ मा मन्त्रालयले आवश्यक ठानेका विषयमा ब्यूरोलाई अनुसन्धान गर्न लगाउन सक्ने र ब्यूरोले अनुसन्धान गर्ने सिलसिलामा अनुसन्धान गर्ने अधिकृतले प्रचलित प्रदेश कानुन बमोजिम प्रहरीलाई भएको अधिकार प्रयोग गर्न सक्ने उल्लेख छ। त्यस्तै, ब्यूरोले गरेको अनुसन्धानबाट प्रचलित कानुन बमोजिम कुनै कसुर गरेको देखिन आएमा मन्त्रालयले अधिकारप्राप्त अधिकारीलाई सम्बन्धित व्यक्तिउपर आवश्यक कारबाहीका लागि लेखि पठाउने उल्लेख छ।

दफा ७ मा ब्यूरोको परिचय–पत्र लिइ आउने कर्मचारीलाई संघीय कार्यालय वा प्रदेश कार्यालय वा स्थानीय तह वा व्यक्तिले कार्यालयसम्बन्धी काममा सहयोग गर्नुपर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

विधेयकमा ‘गोप्य अभियान’का नाममा प्रदेशको आन्तरिक मामिला मन्त्रालय र ब्यूरोलाई असीमित अधिकार दिन खोजिएको छ। विधेयकको दफा ११ मा उल्लेख छ, ‘ब्यूरो प्रमुखले आवश्यक देखेमा कुनै विषयमा गोप्य अभियान सञ्चालन गर्न सक्नेछ, गोप्य अभियान सञ्चालन गरेको जानकारी मन्त्रालयको सचिवलाई दिनुपर्नेछ।’ 

दफा १२ मा ‘तोकिएको अधिकारीले आवश्यकता अनुसार सेवामा नरहेको अन्य व्यक्तिलाई सेवाको कामको लागि सूत्रको रुपमा परिचालन गर्न सक्ने’ उल्लेख छ।

अनुसन्धान ब्यूरोलाई हतियार प्रयोग गर्ने सुविधासमेत दिन खोजिएको छ। विधेयकको दफा १४ मा हतियार प्रयोगसम्बन्धी व्यवस्थाअन्तर्गत् उल्लेख छ, ‘ब्यूरोका कर्मचारीले प्रयोग गर्ने हतियारसम्बन्धी व्यवस्था प्रचलित कानुनबमोजिम हुनेछ। मन्त्रालयले ब्यूरोले प्रयोग गर्ने हतियारसम्बन्धी मापदण्ड बनाउँदा नेपाल सरकारको गृह मन्त्रालयसँग परामर्श गरी बनाउनुपर्नेछ।’ 

सुरक्षा मामिलाका जानकारहरु यसलाई घातक अभ्यासको तयारी भन्छन्। उनीहरुका भनाइमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत् प्रहरीका सबै अधिकार यो ब्यूरोलाई दिन खोजिएको छ। ‘नेताहरुले यसलाई गम्भीर रुपमा लिएका छैनन्, संघीय ऐन आयो भने तलका यस्ता ऐन खारेज भइहाल्छन् नि भनिरहेका छन्’, एक पूर्व प्रहरी महानिरीक्षकले भने, ‘त्यस्तो होइन। प्रदेशहरुमा यस्ता कानुन निर्माणका लागि विदेशी एजेन्सीहरुले मज्जाले खेलेको हामीले देखिरहेकै छौं। विदेशीहरु माथिभन्दा पहिले तल बेस तयार गर्छन्, बेस तयार भएपछि माथि आएर कन्भिन्स गर्छन्। घर बनाउनलाई फाउण्डेसन तयार गर्नुपर्‍यो नि। उनीहरु त्यही गरिरहेका छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त मल्ल ठकुरीले प्रहरीको अधिकार प्रयोग गर्ने गैरप्ररहरी संगठन तयार भयो भने सबथोक भद्रगोल हुने बताए। ‘त्यसपछि प्रहरी भद्रगोल हुन्छ। शान्ति सुरक्षाका कामकारबाही भद्रगोल हुन्छन्। एजेन्सीहरुका बीचमा टकराब उत्पन्न हुन्छ, अनि त्यसको मूल्य राज्यले चुकाउनुपर्छ’, ठकुरीले भने, ‘हिजो सशस्त्रलाई पक्राउ मात्र गर्ने अधिकार दिँदा कत्रो बबाल भएको थियो। अब प्रहरीका सबै अधिकार प्रयोग गर्ने अधिकार दिइयो भने झन् के होला?’

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्