काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत दुई जना प्रहरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) सञ्जिव बस्नेत र जवान सुरज खड्का छन्। उनीहरुलाई प्रहरी वृत्त बौद्धले विमानस्थल कार्यालयबाटै आइतबार पक्राउ गरेको हो।
उनीहरुले आफूहरुलाई बौद्धको सादा पोसाकको प्रहरी भएको बताउँदै लागुऔषध कारोबारीबाट ९० हजार रुपैयाँ घुस लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।