काठमाडौं– स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ। रियलले रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गरेको हो।
यो सिजनको तेस्रो खेलमा दोस्रो जित निकालेको रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।
रियल मड्रिडको जितमा ६१औं मिनेटमा कार्भाहालले गरेको गोल नै निर्णायक बन्यो।
उनले करिम बेन्जिमाको पासमा गोल गरेका हुन्। जितपछि रियल मड्रिडको तीन खेलबाट सात अंक भएको छ।
शनिबार राति नै भएको खेलमा एल्चीसँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला पनि सात अंकसहित दोस्रो स्थानमा छ।
शनिबार राति भएका अरु खेलमा रियल सोसिडाडले लेभान्टे तथा
एथ्लेटिको बिल्बाओले सेल्टा डी भिगोलाई समान १–० ले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।