काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा साविक विजेता बायर्नले हेर्था बर्लिनलाई ५–० गोल अन्तरले पराजित गरेको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे भने थोमस मुलर र जमल मुसिआलाले एक÷एक गोल गरे।
घरेलु मैदानमा सम्पिन्न खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ३५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २–० को बनाए। खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्नको अग्रता ३–० को बन्यो।
खेलको ७०औं र ८४ औं मिनेटमा लेवान्डोस्की गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दा बायर्न ५–० गोल अन्तरले विजयी भयो।
ह्याट्रिकसँगै लेवान्डोस्कीले बायर्नका लागि ३ सय १ गोलसमेत पूरा गरे।
फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ। लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा समेत उक्लिएको छ।
लगातार तेस्रो हार व्यहोरेको बर्लिन अंक विहीन रहँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।