काठमाडौं– चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेस्सी र लिभरपुल १–१को बराबरीमा रोकिएका हुन्।
खेलको पहिलो हाफमै सुरुवाती अग्रता लिए पनि चेल्सीले अग्रता जोगाउन सकेन । खेलको २२औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनले रिस जेम्सको कर्नरमा गोल गरेका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा चेल्सी १० खेलाडीमा समेटियो। जेम्सले गोललाइनमा गोल बचाउने क्रममा बलले हातमा लागेपछि रेफ्रीले रातो कार्ड दिँदै लिभरपुललाई पेनाल्टी दिए। उक्त पेनाल्टीमा गोल मोहमद सलाहले खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा लिभरपुलले एकतर्फी आक्रमण गरेपनि खेलमा अग्रता बनाउन सकेन। बराबरीले दुवै टोलीको अपराजित यात्रा कायम रहेको छ। दुवै टोलीले ३ खेलमा समान ७/७ अंक जोडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।