काठमाडौं- निर्देशक तथा अभिनेता गम्भिर विष्टको निर्देशन तथा अभिनयमा ‘आउ न माया बस यता’ बोलको गीत सार्वजनिक भएको छ। विनोद राईले आवाज दिएको उक्त गीत शुक्रबार सार्वजनिक गरिएको हो।
गीतमा शब्द तथा संगीत रुपेश दगनको छ भने गीतको अरेन्ज तथा मिक्सिङ देवेश राईले गरेका छन्। विष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा उनीसँगै विना राउतले अभिनय गरेकी छन्। भिडियोमा बाल कलाकार आश्रिना भट्टराईको पनि अभिनय रहेको छ।
‘एसथ्रीके इन्टरटेनमेन्ट’को आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको भिडियोमा गीतजस्तै प्रेमलाई केन्द्रमा राखेर गाउँले परिवेशमा निर्माण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।