• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कहाँ जान्छन् रोनाल्डो : पीएसजी कि म्यानचेस्टर?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ११, २०७८  १९:५१
1140x725

क्रिस्टियानो रोनाल्डो अर्थात् फुटबलका सर्वकालीन महान खेलाडीको पंक्तिमा राखिने नाम। जसरी दुई वर्ष पहिले रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस जाने रोनाल्डोको निर्णयले धेरैलाई चकित पारेको थियो, अहिले फेरि रोनाल्डोले त्यस्तै निर्णय लिएका छन्। उनको इटालियन लिग च्याम्पियन युभेन्टस सँग एक वर्षको सम्झौता अवधि बाँकी नै छ। तर, युभेन्टस पाँच पटकको बलोन डी‘ओर विजेता रोनाल्डोलाई बेच्न तयार भएको छ।

युभेन्टसले आफ्नो शर्त पूरा भए उनलाई बेच्ने बताएको छ। युभेन्टस रोनाल्डोलाई टिममा राख्न चाहन्छ तर, उनलाई छोड्न पर्दा पनि दुःखी नहुने स्पेनिस अनलाइन मार्काले जनाएको छ। युभेन्टसमा रोनाल्डोको तलब वार्षिक ६० मिलियन युरो रहेको छ।

३६ वर्षीय रोनाल्डोले बिहीबार राति क्लब छाड्न चाहेको जानकारी दिएका थिए। उनका एजेन्ट जोर्ज मेन्डसले पनि युरोपका विभिन्न क्लबहरुसँग सम्पर्क गरिरहेका छन् ।

रोनाल्डो युभेन्टस छाडेर इंग्लिस क्लब म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेको बेलमा उनी शुक्रबार प्रशिक्षण केन्द्र पुगेर ४० मिनेटमै फर्किएका थिए। उनले सबै सहकर्मीहरुसँग बिदा मागेको बताइएको छ।  
 
रोनाल्डोलाई किन्न सक्ने क्लबका रुपमा सिटीलाई हेरिएको छ। रोनाल्डोका एजेन्ट मेन्डसले सिटीसँग कुरा अगाडि बढिरहेको स्वीकार गरेका छन्। यद्यपि, सिटी युभेन्टसको जवाफ पर्खाइमा रहेको छ। 

रोनाल्डोले सन् २००३ देखि २००९ सम्म इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट खेलेका थिए। त्यसपछि ९ सिजन रियल मड्रिडबाट खेलेका थिए। उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए। रियलबाट ९ सिजनमा ४३८ खेलमा ४५० गोल गरेका थिए। ०१८ पछि उनी इटालियन क्लब युभेन्टस पुगेका उनले तीन सिजन खेल्दा १३४ खेलमा १०१ गोल गरेका छन्।
 
उनले गत सिजन सिरी ए मा ३३ खेल खेल्दै २९ गोल गरेका थिए। यद्यपि, रोनाल्डोका लागि युभेन्टस यात्रा त्यति फलदायी देखिएको छैन। उनी क्लबमा आएपछि उनले च्याम्पियन्स लिगमा युभेन्टसलाई क्वार्टरफाइनलभन्दा माथि लैजान सकेनन्। 

लगातार नौ वर्षसम्म सिरी ए को उपाधि जितेको युभेन्टसले गत सिजन उपाधि गुमायो। त्यसैले पनि रोनाल्डो निराश बनेको हुनसक्ने जानकारहरुले बताएका छन्।

आउलान् त सिटी?
गत महिना अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा ‘फ्रि ट्रान्सफर’मार्फत् २ वर्षका लागि अनुबन्धित भएका थिए। उनको स्थानमा टोटनह्यामका ह्यारी केनलाई भित्र्याउने प्रयास सिटीले गरेको थियो। 

तर, केनले उक्त प्रस्ताव अस्वीकार गरेर टोटनह्याममै सम्झौता नवीकरण गरे। त्यसैले अगुएरोको स्थानमा रोनाल्डोलाई सिटीले भित्र्याउन लागेको बताइन्छ। तर, उनी शहरी प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडबाट खेल्दा सिटी जाने सम्भावना निकै कम रहेको बताइन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

यता, सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रोनाल्डोभन्दा लिओनल मेस्सीलाई मन पराउँछन्। त्यसको एकै कारण हो ग्वार्डिओलाको खेलाउने शैली। ग्वार्डिओलासँग रोनाल्डोको तालमेल मिल्न गाह्रो रहेको बताइएको छ। तर, ग्वार्डिओला यो सिजन सिटीमा बस्ने भएकाले रोनाल्डोलाई सम्झौता गर्नसक्ने विश्लेषण छ। उनी पनि रोनाल्डो आउने कुरामा विश्वस्त रहेको बताइएको छ। मेस्सीलाई भित्र्याउन नसकेको तोडमा परेका पेप ग्वार्डिओला त्यत्तिकै हाइप्रोफाइल खेलाडी रोनाल्डोलाई कुनै पनि हालतमा गुमाउन भने चाहँदैनन्।

अन्य क्लबमा सम्भावना
बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई भित्र्याएसँगै विश्व फुटबलकै सशक्त टीम भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रोनाल्डोलाई अनुबन्ध गर्नसक्ने सम्भावना रहेको मार्काले उल्लेख गरेको छ ।

पीएसजीमा ब्राजिलियन नेयमार, रियल मड्रिडका पूर्वकप्तान सर्जियो रामोस र फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड केलियन एम्बाप्पे जस्ता खोलाडी छन्। फरवार्ड माउरो इकार्डी र अर्जेन्टिनी विंगर एन्जल डी मारिया, जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लर र स्पेनिस विंगर पाब्लो सराबिया हुँदा यो टीम हालसम्मकै शक्तिशाली भएकोमा दुईमत छैन ।

तर, फरवार्ड एम्बाप्पे सम्झौताको अन्तिम वर्षमा छन्। तर, उनी रियल मड्रिड जाने लगभग निश्चित भएको छ। रियलले पहिलेभन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेपछि पीएसजी एम्बाप्पेलाई बेच्न तयार भएको हो। 

Xtrem

Xtrem

रियलले यसअघि १ सय ६० युरो मिलियन प्रस्ताव गरेको थियो। तर, उक्त प्रस्ताव अस्वीकार गरेसँगै रियलले पछिल्लो समय १ सय ७० मिलियन युरो प्रस्ताव गरेको छ। 

नयाँ प्रस्तावसँगै रियल र पीएसजी ट्रान्सफर सहमतिको नजिक पुगेको बताइएको छ। एमबाप्पेले आफूलाई क्लब छाड्न अनुमति दिन क्लबलाई आग्रह गरेका थिए। 

सानैदेखि रियलबाट खेल्ने सपना बुनेका एम्बाप्पे आफैँ पनि चाँडो भन्दा चाँडो रियल जान चाहन्छन्। यसैबीच, एम्बाप्पे आउने भएपछि रियलले उनको स्वागतार्थ भव्य पार्टी आयोजनाको तयारी गरेको मार्काले जनाएको छ। 

योसँगै आइतबार रेइम्सविरुद्धको लिग वान खेलमा पीएसजीले एम्बाप्पेलाई टिममा नराख्ने संकेत दिइसकेको छ। आइतबार वा सोमबार नै रियलले एम्बाप्पेसँग आधिकारिक सम्झौता गर्ने तयारी गरिएको बुझिएको छ। 

मेस्सीलाई भित्र्याएसँगै हौसिएको पीएसजीको नजर अब रोनाल्डोतर्फ छ। आधुनिक फुटबलका दुई सुपरस्टार मेस्सी र रोनाल्डोलाई एकसाथ उतार्ने प्रयासमा रहेको छ, पीएसजी ।

यता, रोनाल्डोका एजेन्ट मेन्डसले पनि पीएसजीबाट कुरा आएको र छलफल भइरहेको बताएका छन्। उनले रोनाल्डोले अर्को सिजन पीएसजीबाट खेल्ने सम्भावना रहेको पनि बताए। 

यता, रोनाल्डोको पहिलो रोजाइ रहेको रियलले उनलाई भित्र्याउने विषयलाई बन्द गरिसकेको छ । 

क्रिस्टियानो रोनाल्डोको पुनरागमनको लागि म्यानचेस्टर युनाइटेड पनि उत्तिकै सक्रिय छ। युनाइटेडले बिहीबार रातिदखि मेन्डससँग सिधा सम्पर्क गरिरहेको छ। अब बोर्ड बैठकमा कुरा गर्दै सम्भावित तलबसहित युभेन्टससमक्ष प्रस्ताव राख्ने तयारीमा युनाइटेड रहेको जनाइएको छ। 

युनाइटेडका नर्वेली प्रशिक्षक ओले गुन्नार सोल्सायरले भने,‘रोनाल्डोका लागि हामीले सधैं सम्पर्क गरेका छौं।  ब्रुनो फर्नान्डेज (पोर्चुगिज टिममेट) ले पनि उनीसँग कुरा गरिरहेछन्। उनी जान्दछन् कि हामी उनको बारेमा के महसुस गर्छौं।’

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्