काठमाडौं- नेकपा (एमाले)बाट विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटीका रुपमा काम गर्नेगरी पाँचजना नेतालाई जिम्मेवारी तोकेको छ।
अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा नेताहरु बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाललाई स्थायी कमिटी सदस्यका रुपमा काम गर्ने जिम्मेवारी तोकिएको हो। उनीहरु पाँचै जना एमालेमा स्थायी कमिटी सदस्य थिए।
‘कमिटीगत प्रणाली बसाउन समय लाग्छ, तत्कालका लागि स्थायी कमिटीका रुपमा काम गर्नेगरी पार्टीले उहाँहरुलाई जिम्मेवारी दिएको हो,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।