काठमाडौं- यूईएफए युरोपा लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार समूह विभाजन गरिएको हो।
यूईएफएले सहभागी ३२ क्लबलाई ८ समूहमा राखेर समूह विभाजन गरेको छ।
इंग्लिस क्लब लेस्टर सिटी इटालियन क्लब नापोली रहेको समूह ‘सी’ मा परेको छ।
समूह चरणको पहिलो खेल १९ सेप्टेम्बरमा हुनेछ भने अन्तिमखेल ९ डिसेम्बरमा सम्पन्न हुनेछ।
यस बर्षको यूरोपा लिगको फाइनल १८ मेमा सेभिलको रेमन सान्चेज पिज्जुआनमा हुनेछ।
लेस्टर पछिल्लो पाँचौ सिजनमा लगातार दोस्रो वर्ष युरोपा लिगको लागि छनोट भएको छ। वेस्ट ह्याम पहिलो पटक शीर्ष ६ मा पर्दै खेल्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।