काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना 'आरबीबी म्युचुअल फण्ड-१' नामको योजना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।
प्रतिएकाइ १० रुपैयाँ दरका १२ करोड ५० लाख एकाइ (एक अर्ब २५ करोड रुपैयाँको) म्युचुअल फण्ड नेप्सेमा कारोबार हुनेगरी सूचीकृत भएको हो।
सूचीकरण गर्नेसम्बन्धी सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरे।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।