काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले बूढानीलकण्ठमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका-३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रुपमा बिहीबार उक्त शाखाको उद्घाटन गरेका हुन्। बैंकको यो १०५ औं शाखा हो।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दीपककाजी तुलाधर, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो। समारोहमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बूढानीलकण्ठवासीलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने आश्वासनका व्यक्त गरे।
बैंकमा हालसम्म करिब १२ लाख ग्राहक पुगेको बताइएको छ। बैंकका देशभर १०५ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।