काठमाडौं–सशस्त्र प्रहरी बल नेपालमा परिचरदेखि इन्सपेक्टरसम्म भर्ना खुलेको छ। बिहीबार गोरखापत्रमा सूचना जारी गर्दै परिचरदेखि इन्सपेक्टरसम्मका लागि खुला प्रतिस्पर्धाबाट भर्नाका लागि आह्वान गरिएको छ।
सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) भर्नाका लागि पनि दरखास्त आह्वान गरिएको छ। खुला र समावेशी गरी जवानमा ७५५ जना, असईमा १३७ जना र इन्सपेक्टरमा ७५ जना माग गरिएको छ।
त्यसैगरी परिचरतर्फ भान्छे, केश कर्तक, कुचिकार, सुचिकार, चर्मकमी र मालीमा भर्नाका लागि दरखास्त खुल्ला गरिएको छ। परिचरतर्फ जम्मा १२८ जना माग गरिएको छ। भर्ना हुन चाहने असोज १० गतेसम्म दरखास्त दिन सक्नेछन्। परिचरदेखि इन्सपेक्टरसम्मका लागि विभिन्न योग्यताहरुको मापदण्ड समेत तोकिएको छ। उक्त मापदण्डमा पर्नेले दरखास्त दिने सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।