बट्टार– नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा पोखरालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
खेलमा पुलिसका सुमन लामा, अभिषेक रिजाल र तेज लामाले गोल गर्न सफल भए भने अजित भण्डारी र भोला सिलवालको प्रहार पोखराका गोलकिपर राजाबावु थापाले बचाएका थिए। त्यस्तै पोखराका लागि अजित गुरुङ र विशाल अधिकारीले गोल गर्न सफल भए भने विमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको प्रहार बाहिरिएको थियो।
खेलमा नेपाल पुलिसका अभिषेक रिजाल म्यान अफ दि म्याच घोषित भए। उनलाई साकुरा नेपालले नगद १० हजार रुपैया पाए। फाइनल आगामि २६ गते हुनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र दोस्रो हुनेले तीन लाख रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।