काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ३, काँडेका ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मृतक थापाकै भाइ २२ बर्षीय नारायण थापा र १५ बर्षीय भतिजा रुपन थापा रहेको प्रहरीले जनाएको छ।
गत बुधबार दिउँसो घरबाट हिँडेका गिरीराज घर नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहीबार (भदौ १० गते) राति पौने २ बजे घरनजिकै बारीमा मृत अबस्थामा फेला परेका थिए।
घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरी टोलीले हत्या हुन सक्ने आशंकमा अनुसन्धान थालेको थियो। घटनाको प्रकृति, स्थानियसँगको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटी कसी हत्या गरेको भनी प्रारम्भिक बनाय दिएकाले कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाएको प्रहरीको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।