काठमाडौं- चेल्सीका मिडफिल्डर जोर्गिन्होले यूईएफए च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार जोर्गिन्होलाई अवार्ड प्रदान गरेको हो।
जोर्गिन्होले इंङग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र चेल्सीकै एनगोलो कान्टेलाई पछि पार्दै अवार्ड जितेका हुन्।
२९ वर्षीय जोर्गिन्होले युरोकप २०२० मा इटालीलाई र च्याम्पियन्स लिगमा चेल्सीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यता, चेल्सीले च्याम्पियन्स लिग जित्दा कान्टे टोलीका मुख्य सदस्य रहेका थिए। यस्तै, गत सिजन दोस्रो भएका बेल्जियन केभिन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस्तै टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन सफल भएका थिए।
महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितेकी छिन्। पुरुषतर्फको ‘कोच अफ दि इयर’ अवार्ड पेप ग्वार्डीओला र रोबर्टो मान्सिनीई पछि पार्दै चेल्सीका थोमस टुचेलले हात पारे।
महिलाको ‘कोच अफ दि इयर’ अवार्ड लुइस कोर्टेसले हात पारिन्। उनले जरहार्डसन र हाएसलाई पछि पारिन्।
यस्तै, व्यक्तिगत विधाको पुरुषतर्फको ‘फरवार्ड अफ दि सिजन’ अवार्ड बोरुसिया डर्टमण्डका अर्लिङ हालाण्डले हात पारे।
महिलातर्फ बार्सिलोनाका जेन्नी हेर्मोसोले हात पारिन्। यो विधामा उनीसँगै ग्राहम हान्सेन र मार्टिन शीर्ष तीनको मनोनयनमा परेकी थिइन्।
पुरुषतर्फ ‘मिडफिल्डर अफ दि सिजन’को अवार्ड चेल्सीका एनगोलो कान्टेले हात पारे। उनीसँगै यस विधाको लागि केभिन डि ब्रुएन र जर्गिन्हो शीर्ष तीनमा परेका थिए।
महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलासले जितिन्। यस विधाको लागि उनीसँगै बोनमाती र जि मनोनयनमा परेका थिए।
डिफेन्डर ‘अफ दि सिजन’ अवार्ड पुरुषतर्फ सिटीका रुवेन डियासले हात पारे। उनीसँगै यस विधामा सेसर एज्पिलिक्वेटा र एन्टेनियो रुडिगर थिए। महिलातर्फ पीएसजीका इरेने पारेडेसले इरिक्सन र मापी लिओनलाई पाखा लगाइन्।
पुरुषतर्फ ‘गोलकिपर अफ दि सिजन’ अवार्ड चेल्सीका एडुआर्ड मेन्डीले हात पार्दा महिलातर्फको अवार्ड बार्सिलोनाका सान्ड्रा पानोसले हात पारिन्।
पुरुष गोलरक्षकतर्फ मड्रिड तथा बेल्जियनका थिवाउट कोर्टुवा, ब्राजिल तथा सिटीका इडर्सन मोराएस र चेल्सीका इडुआर्ड मेन्डी मनोनयमा परेका थिए। महिला गोलरक्षकतर्फ वर्गर, इन्डलेर र पानोस शीर्ष तीनको मनोनयनमा पारेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।