काठमाडौं- युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ।
यूईएफएले बिहीबार राति इस्तानबुलमा नयाँ सिजनको लागि ‘ड्र’ सार्वजनिक गरेको हो। साविक विजेता चेल्सीले समूह ‘एच’मा परेको छ।
चेल्सी रहेको समूहमा इटालियन क्लब युभेन्टसका साथै रुसको जेनिट सेन्ट पिट्सबर्ग र माल्मो छ।
यता, गत सिजनको उपविजेता इंङलिस प्रिमियर लिगकै अर्को टोली म्याचनेस्टर सिटी समूह ‘ए’ मा रहेको छ। उक्त समूहमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मनीको आरबी लिपजिगका साथै क्लब ब्रुगसँग रहेको छ।
यसैगरी, प्रिमियर लिगको अर्को टोली लिभरपुल भने समूह ‘बी’मा रहेको छ। यस समूहमा एट्लेटिको मड्रिड, एफसी पोर्टो र एसी मिलान रहेका छन्।
स्पेनिस क्लब रियाल मड्रिडले समूह ‘डी’मा रहेको छ। यस समूहमा इटालियन च्याम्पियन इन्टर मिलानसँगै शाख्तर डोनेस्क र च्याम्पियन्स लिगमा पहिलो पटक सहभागिता जनाउन लागेको शेरिफ टिरास्पोल रहेको छ।
यता, समूह ‘ई’ मा बायर्न म्युनिखसँगै बार्सिलोना, बेन्फिका, डिनामो किएभ रहेका छन्।
समूह ‘एफ’मा म्यानचेस्टर युनाइटेड रहेको छ। यस समूहमा भिलारियाल, एट्लान्टा र योङ ब्वाइज रहेको छ।
कुन समूहमा को ?
समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग
समूह बी : एटलेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह सी : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास
समूह डी : इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क, शेरिफ
समूह ई : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ
समूह एफ : भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज
समूह जी : लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग
समूह एच : चेल्सी, युभेन्टस, जेनिट, माल्मो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।