काठमाडौं- अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली साविक विजेता चेल्सी र इटालियन क्लब युभेन्टस एकै समूहमा परेका छन्।
च्याम्पियन्स लिगको बिहीबार सम्पन्न समूह चरणको ‘ड्र’मा चेल्सी र युभेन्टस एकै समूहमा परेका हुन्।
यता, फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका छन्। त्यस्तै, जर्मन च्याम्पियन बायर्न म्युनिख र बार्सिलोना पनि एकै समूहमा परेका छन्।
अरुको नतिजा भने आउने क्रममा रहेको छ।
समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन
समूह बी : एटलेटिको मड्रिड, लिभरपुल
समूह सी : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड
समूह डी : इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क
समूह ई : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका
समूह एफ : भिल्लारियल, म्यानचेस्टर युनाइटेड
समूह जी : लिल, सेभिया
समूह एच : चेल्सी, युभेन्टस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।