• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सखारै ‘आली’मा पुगेका ओली: हर्षले हाँसिरहेथे आँखाका नानी

64x64
डिबी खड्का बिहीबार, भदौ १०, २०७८  २१:४६
1140x725

आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा भूपि शेरचनको कविता ‘मैनवत्तीको शिखा’का यी पंक्तिको भाव उद्धृत गरे। भन्न चाहिँ ओलीले माथिका लाइन शेरचनको ‘दीपशिखा’ कविताबाट उद्धृत गरिएको भने। सम्भवतः आफ्नै स्मृतिबाट ओझेल पर्दै गएको यो कविता एमाले फुटेको भोलिपल्ट ओलीको मानसपटलमा ताजा बनिदियो। त्यसैले त उनले पंक्ति र शीर्षक दुरुस्तै उल्लेख गर्न सकेनन्। 

कविताको यो क्रमको पूर्णभाग यसप्रकार छः
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मानौं, अप्रेशनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतीको।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको।

आफूले उद्धृत गरेको कविताको राजनीति सप्रसंग व्याख्या उनले केहीबेरसम्म गरे। यो कविताको ‘ओली अनुकूल’ व्याख्यामा पार्टीभित्र चुनौती दिइरहेको माधवकुमार नेपाल पक्ष बाहिरिनुको ‘सुखद स्थिति’ छ। उनले भने, ‘यो सुखद स्थिति एकातिर छ।’ त्यहीकारण पनि हर्षले हाँसिरहेको हुन सक्छ ओलीको आँखाको नानी। 

‘ओलीको आँखाभरि वेदनाको पानी’ हुनुमा उनले नै दिएको कारण यस्तो छ, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु, आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनका अभिभारा बिर्सिएर आफ्ना काँधका जिम्मेवारी बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरु बिर्सिएर, आफूले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण बाहिरिएका छन्।’ उनले नेपालपक्ष सैद्धान्तिक मतभेदबाट होइन, कसैले लखेटेर, बस्न नसकेर नभइ यत्तिकै बाहिरिएको रुपमा अथ्र्याए। 

सखारै आलीमा पुगेका ओली
निर्धारित समयमै कार्यक्रमस्थल पुग्ने सन्दर्भमा ओलीको ‘ट्र्याक रेकर्ड’ त्यति राम्रो छैन। तर, बिहीबारको केन्द्रीय कमिटी बैठकमा ओली निर्धारित समय भन्दा आधा घन्टा चाँडो आइपुगे। १२ बजेदेखि बोलाइएको केन्द्रीय कमिटीको बैठकस्थल तुल्सीलाल स्मृति भवन, च्यासलमा उनी पुग्दा घडीमा जम्मा ११ बजेर ३३ मिनेट गएको थियो। 

हलमा पुगेर उनले मञ्चमा आसन ग्रहण गर्दा उनका अगाडिका कुनै कुर्सीले पनि मानव उपस्थिति महशुस गर्न पाएका थिएनन्। त्यो समय उनले मोबाइल चलाएर बिताए। ओलीले भूपिको कविता सम्झे जस्तै यस सन्दर्भमा सुदूर पहाडको एउटा भनाइ स्मरणयोग्य छ– अरुबेला ओछ्यान (अ) घाम,  छुट्टियाका छकाल (दाजुभाइ अलग भएको बिहान) कामैकाम।

यसको सप्रसङ्ग व्याख्या यस्तो छः 
कृषिकर्ममा रहेको एउटा परिवारका दाजुभाइ खेतमा जान अल्छी गरेको आरोप–प्रत्यारोपमा छुट्टिन्छन्। उनीहरु छुट्टिनुअघि दुवै घाम नलागेसम्म ओछ्यानबाट उठ्दैनथे। तर, जब उनीहरु छुट्टिन्छन्, भोलिपल्टको बिहान खेतको आलीमा पहिला को पुग्ने भन्ने प्रतिष्पर्धा चल्छ। देखाउनकै लागि भएपनि झिसमिसेमै खेतमा पुग्छन्। 

एमालेमा दाजुभाइ जस्तै झगडा गरेका ओली र नेपाल बुधबार औपचारिक रुपमा अलग भए। संयोगले बिहीबार ओली निर्धारित समय भन्दा चाँडो बैठकस्थल पुगे।

Ncell 2
Ncell 2
nimb
nimb

जस्तोसुकै परिस्थितिमा पनि ओली ढुक्कले निदाउन सक्ने उनी निकटस्थहरु बताउँछन्। बुधबार यही प्रसङ्गलाई सन्दर्भमा लिएर पत्रकार सिर्जना घिमिरेले यस्तो आशयको प्रश्न गरेकी थिइन्, ‘तपाईं जस्तोसुकै परिस्थितिमा पनि निदाउन सक्नुहुन्छ रे। आजभोलि पनि ढुक्क सुतिरहनुभएको छ?’ ओलीको जवाफको आशय थियो, ‘बिगार्ने अरु, मेरो निद्रा किन बिग्रिन्छ?’

नेपाललाई एमालेबाट समाजवादी बनाउने तहसम्म पुर्‍याएका ओलीले चैनको निद्रा सुत्न नसकेको भने बिहीबारको हतारोले पुष्टि गर्छ। 

अपेक्षित बोली, अनपेक्षित शैली
विपक्षीको मुटु ताकेर तीर चलाउँछन् ओली। अरुको तीरमा एकतिर फूल वा पातजस्तो भ्रम दिने बनोट हुन्छ। तर, ओलीको तीर भाला जस्तै दुवैतिर तीखो हुन्छ। जताबाट हान्दा पनि त्यसले छेड्छ। बिहीबार ओलीबाट अपेक्षित बोली त निस्कियो, शैली भने अनपेक्षित थियो। आफ्ना केन्द्रीय सदस्यसामू नेपाल पक्षको उछितो काढ्छन् भन्ने पूर्वानुमान अध्यक्ष ओलीका यसअघिका बोलीबाटै लगाउन सकिन्छ। तर, उनले बिहीबारको केन्द्रीय कमिटीमा पनि अनपेक्षित शैली अपनाए। 

नयाँ पार्टी, नेकपा एकीकृत समाजवादीमा समाहित हुनेको उछितो काढेनन्। बरु नरम भाषामा आलोचना गरे। सवैलाई एउटै डालोमा हालेनन्। आलोचनाको बीचमा भने, ‘सबैको स्वार्थ म भन्दिनँ। केहीलाई त सेन्टिमेन्टमा लिइएको छ।’ ‘केहीका अहंकारवश, केहीका ईष्र्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने’ तहसम्म पुगेको उनको बुझाइमा क्रमभंगता भने देखिएन। 

शान्त भाषामा उनले थपे, ‘आन्दोलनलाई कति सकिन्छ त्यतिसम्म नोक्सान पार्न लागिरहनुभएको छ। केन्द्रमा, प्रदेश र पालिकाहरुका पार्टी कमिटी र संगठनलाई, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरुमा आन्दोलन र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ। जो दुःखद अवस्था हो। त्यसकारण मैले भूपि शेरचनको दीपशीखा कविता सम्झिएको हुँ।’

सम्झनामा शक्ति
सम्बोधनमा उनले अरु धेरै बोले होलान्। तर, पत्रकारलाई सुन्नेगरी बोलेको झन्डै ७ मिनेटमा उनले आफ्नो पार्टी र आफ्नो विरासत पनि सम्झिए। अवस्था फेरिएको उल्लेख गर्दै ओलीले भने, ‘आज हाम्रो भूमिका फेरिएको छ। हामी सरकारमा थियौं। हामीसँग झन्डै दुई तिहाइ बहुमत थियो। इतिहासका लामो दुई धारलाई एकीकृत गरेका थियौं। सातमध्ये ६ वटा प्रदेशमा हाम्रो सुदृढ र अत्यन्त बहुमतको सरकार थियो। पालिकाहरुमा हाम्रो एकछत्र भनेजस्तै बर्चस्व थियो।’

सबैतिर लगभग दुई तिहाइ बहुमतको साथ मुलुकलाई समाजवाद निर्माणको बाटोमा लिइरहेको, समाजवाद उन्मुख भएर अगाडि बढिरहेको उनले बताए। यो ‘दुर्भाग्य’ आइलाग्नुमा केही मानिसहरु (नेपाल पक्ष)को गैरजिम्मेवार प्रवृत्ति र स्वार्थ मुख्य कारण रहेको ओलीले दोहोर्‍याए। उनले भने, ‘पार्टीभित्र हुँडलो मच्चाउने काम भयो। जसले आन्दोलनमा गम्भीर संकट पैदा भयो। पार्टी विभाजन भयो। केन्द्र र विभिन्न प्रदेशका सरकार ढालियो।’

यस्तो स्थितिबाट गुज्रिँदै अन्तिम कित्ताकाटको अवस्थामा पुगेको तर यस्तो हुन नहुने उनको बुझाइ छ। ओली त्यस्तो बेला यस्तो हुन नहुने आत्मस्वीकृतिमा पुगेका छन्, जतिबेला उनी नेतृत्वको विशाल पार्टी नेपाल कम्युनिष्ट पार्टी तीन टुक्रामा विभाजित भइसकेको छ। नेकपाको होइन, एमालेको मात्रै बहुमत भएका सरकारहरु पनि निरन्तर ढलिरहेका छन्। 

विभाजित भएपछि पार्टी यसैपनि कमजोर बन्छ। ओली आफैंले बताएजस्तै उनीसँग यतिबेला ‘ठूलो संख्या’ छ। तर, आगामी निर्वाचनमा जित हासिल गर्ने पर्याप्त संख्या त्यो होइन। अहिले ओलीसँग अजेन्डामा ‘काम गर्न दिइएन, घेराबन्दी गरियो’ भन्ने गुनासो मात्रै छ। यदि त्यसको विश्वासिलो आधार पेश गर्न सकेनन् भने ओलीका लागि उनले बिहीबार सम्झिएको शक्ति र विरासत सम्झनामै सीमित रहन पनि सक्छ। 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्