काठमाडौं- कालिकोटको खाँडाचक्र नगरपालिकामा १६ वर्षीया किशोरी मृत अवस्था भेटिएकी छन्। भदौ ४ गते मन्दिरमा पूजा गर्न गएकी उनी बेपत्ता भएकी थिइन्।
परिवारले तीन दिनसम्म खोजी गर्दासमेत नभेटिएकी उनको शव भदौ ७ गते गाउँनजिकै मकैबारीमा भेटिएको स्थानीय वसन्त सुनारले जानकारी दिए। किशोरीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको उनले बताए।
घट्नाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कोलिकोटले जानकारी दिएको छ। घाँटीमा पासो लगाएको अवस्थामा शव भेटिए पनि हत्या वा आत्महत्या गरेको भन्ने अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।