काठमाडौं– वर्किङ भिसामा युरोप पठाइदिने भन्दै ६ जनालाई ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भइ काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय पोश बहादुर सुनुवार छन्। पोश बहादुरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
अपराध महाशाखाका अनुसार पोश बहादुरले काभ्रेको भुम्लु गाउँपालिका–९ ज्याम्दी घर भएका ३० वर्षीय प्रेम कुमार लामा दोङ समेत ६ जनालाई वर्किङ भिसामा युरोप पठाइ दिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेका थिए।
वर्किङ भिसामा युरोपियन देश लिथुनिया पठाइदिने र त्यहाँ जान ७ लाख रुपैयाँ पठाइदिने भन्दै उनले ६ जनाबाट प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ उठाएका थिए।
१ लाख रुपैयाँ उठाएको लामो समयसम्म पनि सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
पीडितले दिएको उजुरीका आधारमा विभागले पोश बहादुरलाई पक्राउ गरिदिन भन्दै महाशाखामा पत्राचार गरेपछि महाशाखाको टोलीले काठमाडौंको कोटेश्वरबाट बुधबार उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका पोश बहादुरमाथि आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।