काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिको प्रतिवेदनप्रति राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले असन्तुष्टि प्रकट गरेका छन्।
एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थिए। साे समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा प्रशिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ नभएको र व्यहोरा सुधार गर्नुपर्ने उल्लेख छ।
उक्त प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै प्रशिक्षक अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका छन्।
उनले आफू बाहिरिएको र राजनीतिक काम चालू राख्न भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।
राखेपद्धारा गठित छानबिन समितिले विवादास्पद राजीनामा सम्बन्धि पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषद्लाई निर्देशनात्मक सुझाबसमेत दिएको छ।
साथै, प्रशिक्षक अल्मुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे सुझाव समेटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।