काठमाडौं– काठमाडौंको चन्द्रगिरिमा घरको ३ तलाबाट खसेर एक युवकको मृत्यु भएको छ।
चन्द्रागिरी नगरपालिका-१० बस्ने २८ वर्षीय संजिब महर्जनको घरको तीन तला माथिबाट खसेर मंगलबार राति मृत्यु भएको हो।
सोही ठाउँस्थित मामा नाता पर्ने बिनोद जोशीको घरमा गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
घरको २ तला माथिबाट महर्जनको मृत्यु भएको घटनामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।