काठमाडौं- चर्चित बेलायती फुटबल क्लब म्यानचेस्टर युनाइटेडका समर्थकहरुको टोली एमयूएफसी विजयचोक युथ क्लब नेपालले सहिद स्मारक सी डिभिजन लिगको छनोट खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही भदौ महिनामा आयोजना गर्ने छनोट खेलमा एमयूएफसी नेपालले सहभागिता जनाउने तयारी गरेको हो।
सुरुआती दिनहरुमा हप्ताको एक दिन शनिबार मात्र भेला भइ एउटा क्लबप्रतिको सम्मान माया र समर्थकहरुबीचको भाइचारा विस्तार गर्ने उदेश्यले अघि बढिरहेको यो क्लबले सन् २०१२ मा स्थापना भएदेखि आजसम्म विभिन्न प्रतियोगिता (नैकाप गोल्डकप, सुटर्स कप आदिमा प्रतिस्पर्धा गरिसकेको छ।
यो क्लब समाजको चौतर्फी विकासका लागि प्रशम्सा निया काम गर्दै आइरहेको एक सामुदायिक संस्था हो। यस संस्थाले विशेषत: जनचेतनामुलक कार्यक्रम, हेल्थ क्याम्प आयोजना गर्ने, खाद्यान्न वितरण, खेलकुद तथा कोभिडको समयमा आइसोलेसन सेन्टरको व्यवस्थापनमा सहयोग गर्दै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।