फाइल तस्वीर
काठमाडौं– नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरु फेरि सडकमा निकाल्ने भएको छ।
सेनाले आर्म्ड पर्सनल क्यारियर (एपीसी) र माइन प्रोटेक्टेड भेहिकल (एमपीभी)का सकलदर्जाहरुको चालक सीप अभिवृद्धि गर्न बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्न लागेको हो।
सेनाको काठमाडौंको सितापाइलामा तैनाथ गण र उपत्यका बाहिर इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ विभिन्न गुल्महरुले बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्नेछन्।
स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास गरिने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
अभ्यासहरुको संशोधित मिति र रुट योजनाको सम्बन्धमा बेवसाइटबाट जानकारी लिन सकिने सेनाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।