काठमाडौं–करिब एक किलो गाँजा लिएर कतार उड्न लागेका एक युवक भित्रुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
मंगलबार बिहान साढे १० बजे कतार एयरवेजको जहाजमार्फत कतार जान लागेका चितवनको खैरेनीका २९० वर्षीय बुद्धिराज पाठकलाई ८ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
पाठकले बोकेको कालो रंगको लगेजलाई ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकर्नेश्वर–१, काठमाडौं लेखिएको सिल गरेको बट्टाहरु भित्र लागू औषध गाँजा फेला परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका युवकलाई गाँजासहित लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।