जनकपुरधाम- धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको गाडिएको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका वडा नम्बर-५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार स्थानीय चेता भन्ने ५५ वर्षीया रामवृक्ष मण्डल र उनकी बुहारी २१ वर्षीया अमृता मण्डलको शव गाडिएको अवस्थामा फेला परेको हो।
मृतक महिला भागेश्वर मण्डलको श्रीमती हुन्। प्रहरीका अनुसार पुरिएको स्थानबाट शव निकाल्ने कार्य भइरहेको छ। मृतक दुवै जना वेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो।
बुवा र पत्नीको हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।