काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ३ जनालाई मनोनित गरेका छन्।
देउवाले केन्द्रीय समिति सदस्यमा दिलबहादुर घर्ती, शिव हुमागार्इं र शिला खड्कालाई मनोनित गरेका हुन्। नेपाली कांग्रेसको ८५ सदस्यीय केन्द्रीय समितिमा अब १ जना मनोनित गर्न बाँकी छ।
मनोनित दिलबहादुर घर्ती लमजुङका कांग्रेस नेता हुन्। गत संसदीय निर्वाचनमा घर्ती तत्कालिन माओवादी केन्द्रका नेता देव गुरुङसँग पराजित भएका थिए। घर्ती १३औं महाधिवेसन अघि पनि केन्द्रीय सदस्यको भूमिकामा थिए।
नेपाली कांग्रेस काभ्रेका नेता हुमागाईं दुइ कार्यकालका लागि जिल्ला सभापति भएका छन्। एकपटक हुमागाईं सांसद पनि भएका थिए।
कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काकी श्रीमती शिला खड्का मनोनित केन्द्रीय सदस्य बनेकी छन्। दाङकी कांग्रेस नेतृ खड्का महासमिती सदस्य थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।