काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले पहिलो जित निकालेको छ।
घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले एफसी कोल्नलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
बायर्नको जितमा सर्जी जिनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। कोल्नका लागि एन्थोनी मोडेस्टे र मार्क उथले एक/एक गोल फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
५९ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई २–० को स्थितिमा पुर्याए।
खेलको ६०औं मिनेटमा एन्थोनीले गोल गर्दै कोल्नलाई २–१ को स्थितिमा ल्याए। ६२औं मिनेटमा मार्कले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ७१औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–२ को जित दिलाए।
जितसँगै बायर्नले २ खेलमा ४ अंक जोडेको छ। बायर्न पहिलो खेलमा बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।