काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ।
साउथह्याम्टनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा आइतबार भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएको हो।
घरेलु टोलीले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। चे एडाम्सको प्रहार फ्रेडलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
तर, एक गोलले पछि परेको अवस्थामा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।
५५औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले पल पोग्वाको पासमा गोल गरेका थिए।
बराबरीसँगै म्यानचेस्टरको २ खेलबाट ४ अंक पुगेको छ। पहिलो अंक जोडेको साउथह्याम्टनको दुई खेलबाट १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।