काठमाडौं- टोटेनहमले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ।
मोलिन्यु स्टेडियममा आइतबार भएको खेलमा टोटेनहमले घरेलु टोली वल्भ्सलाई १–० ले पराजित गरेको हो। डेले अलीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
सर्जियो रिगुइलोनको थ्रु पासमा गोलरक्षक जोस शाले पेनाल्टी बक्समा अलीलाई लडाएपछि रेफ्रीले पेनाल्टी प्रदान गरेका थिए।
जितसँगै टोटेनहमको २ खेलबाट ६ अंक पुगेको छ। पराजित वल्भ्सले अंकको खाता खोल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।