काठमाडौं- लालिगाअन्तर्गत आफ्नो दोस्रो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। स्टार खेलाडी लिओनल मेस्सी छाडेपछिको दोस्रो खेलमा बार्सिलोना एथलेटिक क्लबसँग १-१ को बराबरीमा रोकिएको हो।
गएराति एथलेटिकको घरेलु मैदानमा सम्पन्न खेलमा इनिगो मार्टिनेजले ५० औं मिनेटमा गोल गर्दै बार्सिलोनामाथि १-० को अग्रता बनाएको थियो। खेल सकिन १५ मिनेटअघि मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए। डिपेको यो बार्सिलोनाका लागि पहिलो गोल हो।
खेलको इन्जुरी समयमा बार्सिलोना १० खेलाडीमा सीमित हुन पुगेको थियो। बार्सिलोनाका इरिक गार्सिया ९३ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए।
बराबरीसँगै एक अंक हात पारेको बार्सिलोना चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यद्यपि, एक खेल कम खेलेका रियल मड्रिड, सेभिल्ला र एथलेटिको मड्रिड समान तीन/तीन अंकका साथ क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।