जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलको विकास र खेलाडीलाई प्रोत्साहनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन्। तेस्रो अल नेपाल क्युरेसियन बुदोकाई कराते प्रतियोगितामा प्रदेश २ बाट सहभागी हुने खेलाडीलाई आज जनकपुरमा बिदाइ गर्दै मुख्यमन्त्री राउतले खेलकुदको विकासका लागि सरकारले काम गर्ने प्रतिबद्धता जनाए।
उनले प्रदेश सरकारले अगामी बजेटमार्फत खेलकुद विकास कोषको स्थापना गर्न लागेको पनि जानकारी दिए।
राउतले प्रशिक्षक तथा खेलाडीलाई फूलमाला तथा अविर लगाएर शुभकामना सहित बिदाइ गरेका हुन्। प्रतियोगिता जेठ २५ र २६ मा काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।