काठमाडौं- जर्मन बुन्डेसलिगा अन्तर्गत लिगको दोस्रो खेलमा बोरुसिया डर्टमुन्डले फ्रेइवर्गसँग पराजित भएको छ।
फ्रइवर्गमा शनिबार भएको खेललमा डर्टमुन्ड २-१ गोलले पराजित भएको हो।
फ्रेइवर्गका लागि भिन्सेन्जो ग्रिफो र रोलान्ड सल्लाईले गोल गरे। डर्टमुन्डले एक गोल उपहार पाएको थियो।
खेलको छैटौ मिनेटमा नै ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले ३० यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भएको थियो।
५३औं मिनेटमा रोलान्डले लुकास होलेरको पासमा गोल गर्दै फ्रेइवर्गको अग्रता दोब्बर पारे।
५९औं मिनेटमा यान्निक केइटेलले आत्मघाती गोल गरेपछि डर्टमुन्ड खेलमा फर्कने संकेत देखिएको थियो। तर, त्यसपछि डर्टमुन्डले गोल गर्न नसक्दा पराजित हुन पुग्यो।
जितसँगै फ्रेइवर्गले २ खेलबाट ४ अंक जोडेको छ। पराजित डर्टमुन्डको २ खेलबाट ३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।