काठमाडौं- साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा गरेका छन्।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले नर्विच सिटीमाथि ५-० को सानदार जित हात पारेको हो।
सिटीको जितमा ज्याक ग्रेलिस, एमेरिक लापोर्टा, रहिम स्टर्लिङ र रियाद महारेजले गोल गर्दा एक गोल उपहार पाएको थियो।
खेलको सातौं मिनेटमा नै टिम क्रुलको आत्मघाती गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो। ग्रान्ट हान्लीले क्रस बचाउने सुरमा बल क्रुललाई लाग्दै आफ्नै पोस्टमा गोल भएको छ।
१५औं मिनेटमा फेरान टोरेसले गोल गरेका थिए। उक्त गोल भीएआरले फउल देखिएको थियो।
२२औं मिनेटमा ग्रेलिसले सिटीको लागि डेब्यु गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। उनले गाब्रियल जेससको क्रसमा गोल गरेका थिए।
६४औं मिनेटमा एमेरिक लापोर्टले गोल गरेपछि सिटीले ३-० को अग्रता लियो। ७१औं मिनेटमा वैकल्पिक खेलाडी रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ४-० ले अघि बढाए।
६१औं मिनेटमा रहिमले जेससकै पासमा गोल गरे। ८४औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई ५-० को सानदार जित दिलाए।
उनले रुवेन डियासको पासमा गोल गरे। जितसँगै सिटीले २ खेलबाट ३ अंक जोडेको छ। नर्विचले दुई खेलबाट अंक जोड्न सकेको छैन।
यस्तै, अन्य खेलमा न्युक्यासलले एस्टन भिल्लालाई २-० हराउँदा लिड्स र एभर्टन २-२ र ब्रेन्टफोर्डले क्रिस्टल प्याले गाेलरहीत बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।