काठमाडौं- साडियो माने र डिएगो जोटाको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ।
लिभरपुलले शनिबार घरेलु मैदान एनफिल्डमा भएको खेलमा बर्नलेमाथि २–० को सहज जित हात पारेको हो। जोटाले पहिलो हाफमा तथा मानेले दोस्रो हाफमा गोल गरे।
लिभरपुलले खेलको १८औं मिनेटमा जोटाको गोलबाट अग्रता लिएको थियो। उनले कोन्सटानटिनोस सिमिकासको क्रसमा हेडरमार्फत गोल गरेका थिए।
२७औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपनि उक्त गोललाई भीएआरले मान्यता दिएन्। हार्भे एलिओटको पासमा उनी समक्ष पुग्दा अफसाइड पोजिसनमा रहेको देखिएको थियो।
६९औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गाेल गरे।
जितसँगै लिभरपुलको २ खेलबाट ६ अंक जाेडेको छ। दुवै खेलमा पराजित बर्नलेले अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।