काठमाडौं– माल्दिभ्समा हुने १३औं संस्करणको साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो। यसअघि अक्टोबर १ देखि १३ सम्म हुने भनिएको प्रतियोगिता अब अक्टोबर १ देखि १६ सम्म हुनेछ। कोरोना महामारीका कारण खेलको समय तालिका परिवर्तन गरिएको हो।
माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुने प्रतियोगिताका सबै खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालमा खेलाउने तयारी छ।
तालिका अनुसार उद्घाटन खेल आयोजक माल्दिभ्स र नेपालबीच हुनेछ। सोही दिन हुने दोस्रो खेलमा श्रीलंका र बंगलादेश आमने–सामने हुने तालिका सार्वजनिक भएको छ।
नेपालले आफ्नो दोस्रो खेल अक्टोबर ४ मा श्रीलंकासँग, तेस्रो खेल अक्टोबर १० मा भारत र समूह चरणको अन्तिम खेल अक्टोबर १३ मा बंगलादेशसँग खेल्नेछ।
सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा समूह चरणका शीर्ष दुई टोलीले अक्टोबर १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।