खजुरा– आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारीमा तिव्रता दिइएको छ।
सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ। प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अनुसार अहिलेसम्म विकास निर्माणको झण्डै ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। नेपालगञ्ज रंगशालालाई अत्याधुनिक बनाउने काम भइरहेको छ।
त्यसका लागि प्यारापिट बनाउने, ट्रयाक सम्याउने, अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने, जिल्लाको सीतापुरमा भलिबलको स्टेडियम र सुटिङ रेन्ज र कभर्डहल बनाउने काम भइरहेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।