काठमाडौं- फरवार्ड करिम बेन्जेमा सन् २०२३ सम्म स्पेनिस क्लब रियल मड्रिडमा रहने भएका छन्।
३३ वर्षीय बेन्जेमाले शुक्रबार क्लबसँगको सम्झौता नवीकरण गरेका हुन्। उनी २००९ मा लियोनबाट रियल आएका थिए।
१ सय ९४ ला लिगासहित कूल २ सय ८१ गोल गरेका बेन्जेमा रियलको सर्वाधिक गोलकर्ताको शीर्ष पाँचमा पर्छन्।
उनले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगासहित १९ मुख्य उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।