• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चको आरक्षणसम्बन्धी फैसलाले झस्किएका दलित अगुवा भन्छन्– ‘उपलब्धि गुम्ने खतरा भयो’

64x64
धनु विश्वकर्मा शनिबार, भदौ ५, २०७८  १९:५७
1140x725

काठमाडौं- सर्वोच्च अदालतले गएको १७ साउनमा सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताका आधारमा गर्नुपर्ने फैसला गरेपछि चर्चाको विषय बनेको छ। यो फैसलाप्रति सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा बहस भइरहेको छ। तर, फैसलाप्रति दलित समुदाय भने असन्तुष्ट देखिन्छ।

फैसलामा प्रयोग भएको ‘तरमारा’ शब्दप्रति कतिपय दलित अगुवाले आपत्तिसमेत जनाएका छन्। सर्वोच्चको फैसलामा भनिएको छ, ‘संविधानतः आरक्षणको वर्गमा पर्ने तर, व्यक्तिगत उन्नति प्रगति गरिसकेको कारण आरक्षण नचाहिने उपल्लो वर्ग/तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षण सम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरुरी देखिन्छ।’

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गरेको फैसलामा एक पटक आरक्षण पाएको व्यक्तिले पुनः त्यो सुविधा नपाउने र आरक्षण आवश्यकता अनुसार दिनुपर्ने उल्लेख छ। यो फैसला संविधान र कानूनविपरीत भएको प्रतिनिधि सभा सदस्य विमला नेपाली बताउँछिन्। 

फैसलाबाट अल्पसंख्यक समुदायको अपमान भएको उनले बताइन्। सांसद नेपालीले भनिन्, ‘सम्मानित अदालतबाट दलित, महिला, मुस्लिम, अपाङ्गता भएका र पिछडिएको क्षेत्रको अपमान गरिएको छ। राज्यको एउटा अङ्ग व्यवस्थापिकाले कानुन बनाउँदै जाने, कार्यपालिकाले कानुन कार्यान्वयन गर्न नचाहने र न्यायपालिकाले बनाएको कानुनको अपव्याख्या गर्दै जाने अवस्था भयो।’ 

नेकपा एमालेको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजका सचिव बमबहादुर विकले पनि उक्त फैसलालाई गम्भीर रुपमा लिएको बताए। फैसला अहिलेसम्मको आन्दोलन र उपलब्धिको विरुद्धमा आएको उनको भनाइ छ। ‘हामी देशव्यापी रुपमा यसको विरोध गर्ने तयारीमा छौँ। आवश्यकताको आधारमा आरक्षण दिने भन्ने फैसला सिङ्गो उत्पीडित समुदायलाई मान्य छैन,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

फैसला लोकतन्त्रविरोधी भएको पनि उनले बताए। फैसलाले राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनका साथै दलित आन्दोलन, महिला आन्दोलन र मधेश आन्दोलनको उपलब्धिलाई उपेक्षा गरेको पनि विकले बताए।

लेखक एवम् पत्रकार जेबी विश्वकर्माले सर्वोच्चको फैसला समावेशी सिद्धान्त र समानुपातिक प्रणालीविरुद्ध भएको बताए। फैसलाले सिङ्गो उत्पीडित समुदायमाथि प्रहार गरेको उनको भनाइ छ। 

‘सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक संरचनालाई जातीय, लैंगिक र भौगोलिक रुपमा एकातिर पारिएको छ भने कसरी वर्गीय आधारमा वा आवश्यकताका आधारमा सम्भव हुन्छ? यो त हास्यास्पद कुरा भयो,’ विश्वकर्माले भने। आरक्षण दिएको बल्ल एक दशक मात्र भएकोले यसबाट लक्षित समुदाय पूर्णरुपमा लाभान्वित नभइसकेको उनको भनाइ छ। उनी भन्छन्, ‘आरक्षण दिएको यति छोटो अवधिमा कसरी तरमारा वर्ग बन्यो? अहिले दलित समुदायबाट एक जना सह–सचिव छन्। यही हो त तरमारा वर्ग?’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सर्वोच्चको फैसला राजनीति प्रेरित रहेको पनि उनी बताउँछन्। उनले भने, ‘यो फैसला पोलेटिकल स्पिरिटको विरुद्धमा त छ नै, सामाजिक न्यायका हिसाबले पनि गलत नै छ। यो फैसलामा नियतको पनि समस्या हो।’ फैसलामा दिइएको सातवटा देशको उदाहरण हाम्रो देशको सामाजिक संरचनासँग नमिल्ने उनले बताए।

आरक्षणको अन्तर्य राज्यले विगतमा गरेको दलितमाथिको अन्यायको क्षतिपूर्ति भएको विश्वकर्मा बताउँछन्। एकपटक आरक्षण पाएकाले फेरि नपाउँदा समग्र समुदायको नै वृत्ति विकास रोकिने उनको भनाइ छ। विश्वकर्माले भने, ‘एक पटक सिपाही भएको व्यक्ति छ भने त्यो फेरि माथि जाने मौका पाउँदैन। ऊ सिपाहीमै सीमित हुनेभयो। एकचोटि आरक्षण पाएकाले फेरि नपाउने हाम्रो आधार बनिसकेको छैन। बरु कति पटकसम्म भन्ने सीमा तोक्न सकिएन, तर एक पटक मात्र भन्ने फैसला उचित होइन।’

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै अर्को आदेश नभएसम्म बिक्री नगर्न विभागले... आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो कात्तिक १ गते काठमाडौं बाट खोटाङतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्