• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वोच्चको आरक्षणसम्बन्धी फैसलाले झस्किएका दलित अगुवा भन्छन्– ‘उपलब्धि गुम्ने खतरा भयो’

64x64
धनु विश्वकर्मा शनिबार, भदौ ५, २०७८  १९:५७
1140x725

काठमाडौं- सर्वोच्च अदालतले गएको १७ साउनमा सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताका आधारमा गर्नुपर्ने फैसला गरेपछि चर्चाको विषय बनेको छ। यो फैसलाप्रति सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा बहस भइरहेको छ। तर, फैसलाप्रति दलित समुदाय भने असन्तुष्ट देखिन्छ।

फैसलामा प्रयोग भएको ‘तरमारा’ शब्दप्रति कतिपय दलित अगुवाले आपत्तिसमेत जनाएका छन्। सर्वोच्चको फैसलामा भनिएको छ, ‘संविधानतः आरक्षणको वर्गमा पर्ने तर, व्यक्तिगत उन्नति प्रगति गरिसकेको कारण आरक्षण नचाहिने उपल्लो वर्ग/तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षण सम्बन्धी व्यवस्थालाई मुक्त गर्न जरुरी देखिन्छ।’

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गरेको फैसलामा एक पटक आरक्षण पाएको व्यक्तिले पुनः त्यो सुविधा नपाउने र आरक्षण आवश्यकता अनुसार दिनुपर्ने उल्लेख छ। यो फैसला संविधान र कानूनविपरीत भएको प्रतिनिधि सभा सदस्य विमला नेपाली बताउँछिन्। 

फैसलाबाट अल्पसंख्यक समुदायको अपमान भएको उनले बताइन्। सांसद नेपालीले भनिन्, ‘सम्मानित अदालतबाट दलित, महिला, मुस्लिम, अपाङ्गता भएका र पिछडिएको क्षेत्रको अपमान गरिएको छ। राज्यको एउटा अङ्ग व्यवस्थापिकाले कानुन बनाउँदै जाने, कार्यपालिकाले कानुन कार्यान्वयन गर्न नचाहने र न्यायपालिकाले बनाएको कानुनको अपव्याख्या गर्दै जाने अवस्था भयो।’ 

नेकपा एमालेको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजका सचिव बमबहादुर विकले पनि उक्त फैसलालाई गम्भीर रुपमा लिएको बताए। फैसला अहिलेसम्मको आन्दोलन र उपलब्धिको विरुद्धमा आएको उनको भनाइ छ। ‘हामी देशव्यापी रुपमा यसको विरोध गर्ने तयारीमा छौँ। आवश्यकताको आधारमा आरक्षण दिने भन्ने फैसला सिङ्गो उत्पीडित समुदायलाई मान्य छैन,’ उनले भने।

Ncell 2
Ncell 2

फैसला लोकतन्त्रविरोधी भएको पनि उनले बताए। फैसलाले राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनका साथै दलित आन्दोलन, महिला आन्दोलन र मधेश आन्दोलनको उपलब्धिलाई उपेक्षा गरेको पनि विकले बताए।

लेखक एवम् पत्रकार जेबी विश्वकर्माले सर्वोच्चको फैसला समावेशी सिद्धान्त र समानुपातिक प्रणालीविरुद्ध भएको बताए। फैसलाले सिङ्गो उत्पीडित समुदायमाथि प्रहार गरेको उनको भनाइ छ। 

‘सामाजिक, राजनीतिक, आर्थिक र प्रशासनिक संरचनालाई जातीय, लैंगिक र भौगोलिक रुपमा एकातिर पारिएको छ भने कसरी वर्गीय आधारमा वा आवश्यकताका आधारमा सम्भव हुन्छ? यो त हास्यास्पद कुरा भयो,’ विश्वकर्माले भने। आरक्षण दिएको बल्ल एक दशक मात्र भएकोले यसबाट लक्षित समुदाय पूर्णरुपमा लाभान्वित नभइसकेको उनको भनाइ छ। उनी भन्छन्, ‘आरक्षण दिएको यति छोटो अवधिमा कसरी तरमारा वर्ग बन्यो? अहिले दलित समुदायबाट एक जना सह–सचिव छन्। यही हो त तरमारा वर्ग?’

सर्वोच्चको फैसला राजनीति प्रेरित रहेको पनि उनी बताउँछन्। उनले भने, ‘यो फैसला पोलेटिकल स्पिरिटको विरुद्धमा त छ नै, सामाजिक न्यायका हिसाबले पनि गलत नै छ। यो फैसलामा नियतको पनि समस्या हो।’ फैसलामा दिइएको सातवटा देशको उदाहरण हाम्रो देशको सामाजिक संरचनासँग नमिल्ने उनले बताए।

आरक्षणको अन्तर्य राज्यले विगतमा गरेको दलितमाथिको अन्यायको क्षतिपूर्ति भएको विश्वकर्मा बताउँछन्। एकपटक आरक्षण पाएकाले फेरि नपाउँदा समग्र समुदायको नै वृत्ति विकास रोकिने उनको भनाइ छ। विश्वकर्माले भने, ‘एक पटक सिपाही भएको व्यक्ति छ भने त्यो फेरि माथि जाने मौका पाउँदैन। ऊ सिपाहीमै सीमित हुनेभयो। एकचोटि आरक्षण पाएकाले फेरि नपाउने हाम्रो आधार बनिसकेको छैन। बरु कति पटकसम्म भन्ने सीमा तोक्न सकिएन, तर एक पटक मात्र भन्ने फैसला उचित होइन।’

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रद... शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रद... शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी अदालतले उम्मेदवारी दिन चाहेका सबै पक्षका उम्मेदवारलाई कायम गर्ने आदेश दिएसँगै यसअघि निर्वाचन समितिले ‘अन्तिम नामावली’ भन्दै जारी गरे... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्