लहान– प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहाको लहानबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभास बुढाथोकीले बताए।
पक्राउ परेका तीनै जनालाई थुनामा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।