• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधवलाई ‘छाडेका’ १० नेता : यथास्थितिमा ओलीसँग नमिल्ने

64x64
डिबी खड्का बिहीबार, भदौ ३, २०७८  २१:३०
1140x725

काठमाडौं- तत्कालीन अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका दोस्रो पुस्ताका प्रभावशाली नेताहरु नेकपा एमालेको विभाजनपछि प्रतिक्रियाविहीन छन्। उनीहरु सकभर कुरा गर्न र प्रतिक्रिया दिनबाटै उम्किइरहेका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई मौजुदा अवस्थामा स्वीकार्न नसक्ने र नेपालले दर्ता गरेको पार्टी एमाले (समाजवादी)मा समाहित हुन पनि नसक्ने अवस्थामा छन्, उनीहरु।
 
यही उकुसमुकसबीच एमाले उपमहासचिव घनश्याम भुसालले बिहीबार दिउसो फेसबुकमा संक्षिप्त धारणा राखे। सदाझै सांकेतिक भावमा उनले भने, ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता÷सिद्धान्तहीनताबाट शुरू भएको हो। कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो। त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररूपमा विसर्जनतर्फ जाँदैछौं। जति धेरै बेइमानी त्यति धेरै सत्यानाश! फेरि पनि हस्तक्षेपको खाँचो छ।’

नेता नेपाललाई विभाजनको भेलमा हेलिने अवस्थामा पुर्‍याएर, किनारकै पानी छामेर भुसाललगायत १० जना स्थायी कमिटी सदस्यहरु फर्किएको आम बुझाइ छ। नेपाललाई साथ दिएकाहरुले त उनीहरुले ‘धोका’ नै दिएको रुपमा बुझेका छन्। 

भुसालकै फेसबुक स्टाटसमुनि त्यसको प्रतिनिधि कमेन्ट एमाले (समाजवादी)कै केन्द्रीय सदस्य उर्वादत्त पन्तको आयो। तत्कालीन एमालेका सुदूरपश्चिमका पुराना नेता पन्तको प्रतिक्रिया थियो, ‘बाहिर–बाहिर क्रान्तिकारी उछाल मार्ने, भित्र त्वमशरणम् गर्ने, लडाइँको मैदानबाट भाग्ने, पार्टी पंक्तिलाई गुमराहमा राख्ने र लाभको खुदोमा (चास्नीमा) लटपटिएका मुसाहरुलाई नेपाली जनताले राम्ररी चिन्ने मौका पाए!’

नेपालले सल्लाह नगरेको गुनासो
एमाले (समाजवादी) पार्टीमा लागेकोहरुले उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्तलाई मैदानबाट भागेकोदेखि लाभको चास्नीमा डुबेकोसम्म आरोप लगाएका छन्। उनीहरुले त्यस्तो आरोप लगाउनुपर्ने आधार समेत देखिरहेका छन्। 

कुनै समय अध्यक्ष ओलीको चर्को आलोचना गरिरहने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले त एमाले विभाजनकै दिन मुख्यमन्त्री सकार्नु एउटा महत्वपूर्ण आधार हो। यसैगरी अर्का उपाध्यक्ष भीम रावल एमालेभित्र ओलीपछिको ‘दोस्रो वरियता’मा लोभिएको चर्चा सेलाएको छैन भने बाँकी नेताहरु संघर्ष गर्नबाट हच्केको आरोप यत्रतत्र छ।

माधव नेपाललाई ‘छाडेका’ यी नेताहरुको बिहीबार संयुक्त बैठक बसेको थियो। बैठकमा नेपालले बुधबार नयाँ पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिनुअघि आफूहरुसँग छलफल नै नगरेको गुनासो उठेको थियो। आफूहरुसँग छलफल गरेको भए अर्कै अवस्था हुने उनीहरुको बुझाइ थियो। बैठकमा सहभागी नेता गोकर्ण विष्टले नयाँ दल दर्ता गर्ने कुरामा नेता नेपालले छलफल नै नगरेको बताए।

 उनले भने, ‘नयाँ कदम चाल्नुअघि हाम्रो पक्षको स्थायी कमिटी बैठक बसेर निर्णय गर्ने कुरा भएको थियो। केही समयअघि बसेको केन्द्रीय कमिटीको बैठकले पनि त्यही म्यान्डेट दिएको थियो।’

स्थायी कमिटीमा एकता पक्षधरहरुको बहुमत भएका कारण नेपालले सल्लाह गर्न नै उपयुक्त नठहर्‍याएको विष्टको बुझाइ छ। आफूहरुका कुरा सुन्नै नचाहेका कारण नेपाललाई साथ नदिएको उनी बताउँछन्। उनले भने, ‘निर्णयलाई सच्याएर एकतामा आउनुभयो भने साथ दिन सकिन्छ तर, पार्टी फुटाउने कुरामा साथ दिन सकिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपालपक्षबाट तत्कालीन एमाले एकता कार्यदलमा रहेका एक सदस्यका अनुसार उनीहरुले यतिबेला ओली र नेपाल दुवैलाई साथ दिइरहेका छैनन्। उनी भन्छन्, ‘हामीले ओलीलाई पहिल्यै छाडेका हौं। अहिले नेपाललाई पनि छाड्यौं। एमालेमा पहिले पनि थियौं, अहिले पनि छौं।’

दोस्रो पुस्ताले तय गरेको यस्तो ‘भाष्य’ तेस्रो पुस्तामार्फत् व्यक्त हुन थालेको छ। कुनै समय नेपालनिकट मानिने सांसद झपट रावल भन्छन्, ‘माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शन मान्नेहरु व्यक्तिका पछि लाग्नै सक्दैनन्।’

ओलीका लागि खिल, सामूहिक ‘शक्तिकेन्द्र’ 
नेपालसहितका नेता नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगेपछि भुसाल बुधबार साँझ अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यसअघि उनी नेपालका दुईटा मागलाई लिएर मंगलबार पनि पुगेका थिए। 

बालकोटामा अध्यक्ष ओली र नेता भुसालबीच संवाद हुँदै गर्दा नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दिइसकेका थिए। त्यसैले भुसालसँगको भेटमा ओलीले भने, ‘अब पार्टीमा लडाइँ सकियो। तपाईंहरु ढुक्क भएर काम गर्नुहोस्, पार्टी चलाउनुहोस्।’

ओलीको प्रस्तावमा भुसालको जवाफ थियो, ‘यो उदारता पहिलेदेखि नै देखाउनुभएको भए आजको अवस्था सिर्जना हुँदैनथ्यो। अझै सच्चिने अवसर छ, सच्चिनुपर्‍यो भन्न आएको।’

संवादमा ओलीले आफूले तत्कालीन नेपाल पक्षमा रहेका क्षमतावान नेतालाई ‘न्यायपूर्ण व्यवहार’ गर्ने आश्वासन दिएका थिए। तर, भुसालले भने पार्टीलाई विधिअनुसार चलाउने आफ्नो लडाइँ नसकिएको बताए। भुसालले भने, ‘नेपाल जानुभएको हो। तर, पार्टीलाई विधिअनुसार चलाउनुपर्छ भन्नेहरु सबै यहीँ छौं।’

भुसालसँग बुधबार साँझ तिक्ततापूर्ण संवाद भएको संकेत बिहीबार बिहान आफूनिकट नेताहरुलाई ओलीले गरेका थिए। उनले पिलो (माधवकुमार नेपाल) निचोरिए पनि खिल (उनी पक्षका प्रभावशाली नेताहरु) बाँकी नै रहेको टिप्पणी गरेका छन्। नेपालपक्षका सबै सर्लक्क नजाँदा बाँकी रहनेले खिलको रुपमा दुःख दिने ओलीको बुझाइ छ। 

‘पार्टीमा चाहिने नचाहिने काम गर्ने, आफ्नै पार्टीको सरकारविरुद्ध लागेर विपक्षलाई सघाउने काम गरे। उनीहरु (नेपालपक्ष) सबै जान्छन् भन्ठानेको केही रहने भए’ ओलीको भनाइ उदृत् गर्दै ओलीपक्षका एक नेताले भने, ‘सबै पिलो निचोरियो भन्ठानेको अझै खिल बाँकी रहने भयो। कति दुःख दिने हुन्। बाँकी रहेका (घनश्याम भुसाल, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवालीलगायत)पनि उतै गए हुन्थ्यो।’

नेपालले अर्को पार्टी गठन गरेपनि एमालेमा अध्यक्ष ओलीको स्वेच्छाचारितालाई आफूहरुले टक्कर दिइराख्ने संकेत भने उनीहरुले गरेका छन्। कुनै पनि अवस्थामा नफुट्नेगरी एक भएर अघि बढ्ने प्रतिबद्धता उनीहरुले गरेका छन्। 

बिहीबारको बैठकमा उनीहरुले ओलीका आगामी कदमका विषयमा पनि समीक्षा गरेका थिए। ती कदम परास्त गर्न आफूहरुले गर्नुपर्ने प्रयासका विषयमा पनि छलफल भएको थियो। 

नेपालले छाडेपनि नेपालकै ‘लिगेसी’ बोक्न आफूहरु तयार रहेको सन्देश उनीहरुले दिन चाहेका छन्। त्यसका लागि शुक्रबार आफूपक्षीय केन्द्रीय कमिटीका नेता र सांसदहरुको भेला गर्ने तयारी उनीहरुको छ। 

बटमलाइन १० बुँदे सहमति
नेपाललाई छाडेका नेपालपक्षका नेताहरुले ओलीलाई तुरुन्तै नअँगाल्ने नीति लिएका छन्। बुधबार राति ११ बजेसम्म र बिहीबार दिनभर छलफल गरेका उनीहरुले निशर्त ओलीसँग मिल्न नजाने निष्कर्ष निकालेका हुन्। 

उनीहरुको साझा धारणा छ, ‘लडाइँ भनेको विधिसम्मत ढंगले पार्टी चलाउँ भन्ने हो। एमालेलाई एमालेअनुसार चलाउनुपर्छ भन्ने हो। त्यो लडाइँ अझै बाँकी छ।’

नेकपा एमालेसँग नभइ ओली प्रवृत्तिसँग आफूहरुको लडाइँ रहेको उनीहरुले बताएका छन्। त्यो प्रवृत्तिको अन्त्य भएको दिन नेपाल पनि एमालेमै आइपुग्ने उनीहरुको दाबी छ। नेपाललाई छाडेका स्थायी कमिटी सदस्यहरुले अहिलेको बटमलाइन तत्कालीन एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनलाई बनाएका छन्। 

एमालेले उक्त सहमति स्वीकार गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्ने अपेक्षा पनि उनीहरुको छ। १० बुँदे सहमति अनुसार एमालेलाई २०७५ जेठ २ मा फर्काउने र २०७७ फागुन २८ पछि लिइएका सबै महत्वपूर्ण निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग हुनेछ। 

त्यसपछि बोलाइएको बैठकमा आफूहरु सहभागी हुने उनीहरुको निष्कर्ष छ। त्यसरी पार्टीमा निर्णय र नेतृत्वको प्रवृत्ति सच्याउँदै लैजाँदा आगामी निर्वाचनसम्म नेपाल पनि समाहित हुन सक्ने अपेक्षा उनीहरुले गरेका छन्। 

उक्त सहमति कार्यान्वयन गर्नु आफ्नो दायित्व नै भएको बैठकमा सहभागी एक नेता गोकर्ण विष्ट बताउँछन्। उनले भने, ‘पार्टी एकताकै लागि दबाब सिर्जना गर्ने निक्र्योलमा पुगेका छौं। १० बुँदे सहमतिको हस्ताक्षरकर्ता समेत भएकाले यसको कार्यान्वयन गर्नु हाम्रो नैतिक कर्तव्य हो।’

छलफलका क्रममा उनीहरुले आफूहरुको अन्तरविरोध पार्टीसँग नभइ प्रवृत्तिसँग भएको स्पष्ट धारणा बनाएका छन्। उनीहरुको बुझाइ छ, ‘कुनै व्यक्तिका प्रवृत्ति विरुद्ध लडिरहँदा पार्टी कमजोर बनाउनुहुँदैन। पार्टी फुटाउनु पार्टीसँगै लड्नुजस्तै हो।’

अध्यक्ष ओलीलाई विधिमा चलाउने र नेपाललाई निवेदन फिर्ता लिने ठाउँमा पुर्‍याउन लागिपर्ने उनीहरुको साझा रणनीति हुने देखिएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्