• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

समातिए नेपाली बनेर करोडौं ठगी गर्ने भारतीय ‘नटवरलाल’

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३, २०७८  १९:१०
1140x725

काठमाडौं- नक्कली नागरिकता र अन्य कागजात बनाएर विभिन्न व्यक्तिसँग करोडौं ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको हिमाञ्चल प्रदेश राज्यको रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भनिने रविकुमार सिंहलाई ललितपुरको महालक्ष्मी नगरपालिका-५ सेतीपाखाबाट पक्राउ गरेको हो।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार उनले कैलाली टीकापुर नगरपालिका-९ स्थायी ठेगाना र सुर्खेतको साविका लाटीकोइली गाविस-७ जन्मस्थानको ठेगाना उल्लेख भएको नक्कली नागरिकताको प्रतिलिपि देखाएर विभिन्न व्यक्तिबाट रकम र सवारी साधन ठगी गरेका थिए।

सिंहले बुटवल उपमहानगरपालिका-८ का हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई बुटवल-नारायणघाट सडकखण्डको रुख कटानको आफूसँग सब-कन्ट्रयाक्ट भएको र त्यसमा लगानी गरे फाइदा हुन्छ भनी ४३ लाख ७३ हजार रुपैयाँ लिएर खातामा पैसा नभएको चेक दिएर सम्पर्कविहीन भएको उजुरी परेको छ।

त्यसैगरी, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ का अनिल गुरुङ भन्ने कृष्णबहादुर गुरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनेर सिंहले ठगी गरेको खुल्नमा आएको छ। 

‘गुरुङको बा १२ च ३८५९ नम्बरको कारको मासिक ९० हजार भाडामा भनेर लिएर सिंहले बेपत्ता बनाएका थिए। पछि त्यही कार देखाएर प्रदिप रायाई देखाएर आफ्नै कार भन्दै कार ब्लुबुक धितो राखेर ८ लाख ३५ हजार लिएर फरार भएको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी कोइरालाले भने।

उता, चुरियामाई इन्टरप्राइजेज जडिबुटी, काठमाडौंका सञ्चालक कृष्णहरी गौतमसँग बा ९५ प १६८ नम्बरको मोटरसाइकल ३ लाख ३० हजारमा खरिद गरेका थिए। ३० हजार दिएर बाँकी रकम पछि दिने भन्दै मोटरसाइकलसहित उनी गत पुस २९ गतेबाट बेपत्ता भएका थिए। 

यता, धनुषा जनकपुरधामस्थित न्यूसाह एण्ड इन्टरप्राइजेजका सञ्चालक प्रदिपकुमार साहलाई रोयल हाइड्रो कन्ट्रक्शनको म्यानेजिङ डाइरेक्टर हुँ भनेर ठगी गरेको पाइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘भिजिटिङ कार्डसमेत देखाएर मारुती सुजुकी कम्पनीको प्रदेश-३-०१र ०२३ च ००५० नम्बरको ब्रेजा कार मासिक १ लाख ५० हजार भाडा दिन्छु भनेर लगेर बेपत्ता भएका थिए,’ एसपी कोइरालाले भने।

यता, लाजिम्पाटस्थित रोयल हाइड्रो कन्ट्रक्शन प्रालिको नक्कली लेटर प्याड , कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरेर ठगी गरेको पाइएको छ। 

आफूलाई संस्थापक अध्यक्ष हुँ भनेर विभिन्न व्यक्तिहरूबाट करिब १ करोड रुपैयाँसमेत उनले ठगी गरेको पाइएको एसपी कोइरालाले बताए। 

यसैरी, आफ्नो कार्यालयको लेटरप्याड दुरुपयोग गरेर ठगी गरेपछि उक्त संस्थाका अध्यक्ष  सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा पक्राउ परेपछि सिंहको ठगी श्रृखला अनुसन्धानको क्रममा थप खुलेको हो। 

प्रारम्भिक अनुसन्धानको क्रममा सुर्खेत साविक लाटीकोइली गाविस-७ का देवीप्रसाद सिंहको छोरा भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकतासमेत नक्कली रहेको खुलेको छ। 

सोही नागरिकता पेश गरेर विभिन्न बैंकहरूमा खाता खोलेर उनले ठगी कार्यमा प्रयोग गरेको, सवारी चालक अनुमतिपत्रसमेत बनाएको प्रहरीले जनाएको छ। 

उनीविरुद्ध यसअघि महानगरीय प्रहरी परिसर टेकुमा समेत बैंकिङ कसूरमा मुद्दा दर्ता भएर पक्राउ पुर्जीसमेत जारी भएको थियो। पक्राउ परेका सिंहलाई कारबाहीका लागि परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ। 

उनले ठगी गरेका दुई वटा कार, नक्कली नागरिकता, विभिन्न बैंकका एटिएम र चेक समेत प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
रोहिङ्ग्या संकट झन् गहिरिँदै, गुटेरेसले मागे विश्व समुदायको तत्काल पहल मंगलबार, भदौ ९, २०८३
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्