सांकेतिक तस्वीर
सप्तरी- पोखरीमा डुबेर सप्तरीमा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको महदेवा गाउँपालिका ४ का सुवन कामैतकी ५ वर्षीया छोरी सोनम कुमारी कामैत रहेकी प्रहरीले जनाएको छ।
घर नजिकै रहेको फुदन तिवारीको पोखरीमा बुधवार दिउँसो आमासित नुहाउन गएको बेला डुबेर बालिकाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
शवको पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।