काठमाडाैं– म्यानुयल लोकाटेली युभेन्टसमा अनुबन्धित भएका छन्। क्लबले उनलाई ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्वन्द्वी सस्सुलोबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो।
२३ वर्षीय मिडफिल्डर लोकाटेली सन् २०२६ सम्म युभेन्टसमा रहनेछन्। लोकाटेलीले सुरुवाती दुई सिजन लोनमा खेल्नेछ। त्यसपछि मात्रै उनलाई स्थायी खेलाडी बनाइनेछ।
सन् २०१८ मा एसी मिलान छाडेर सस्सुलो पुगेपछि लोकाटेलीले ९९ खेल खेल्दा ७ गोल र ११ असिस्ट दिएका थिए।
यस्तै, युरोकप २०२० मा इटालीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले ५ खेलमा २ गोल गरेका थिए।उनले इटालीबाट १५ क्याप जितिसकेका छन्। उनले बुधबार मेडिकल परीक्षण गरेका थिए।
सन् २०१२ पछि सिरी ‘ए’ को उपाधि गुमाएको युभेन्टसले आन्द्रे पिर्लोलाई बर्खास्ती गर्दै अनुभवी मासिमिलियानो एलेग्रीलाई प्रशिक्षक नियुक्त गरिसकेको छ।
युभेन्टसले आइतबार उडिनेससँग खेल्दै नयाँ सिजन सुरुवात गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।