• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालले भने- हामीले वैधानिक विद्रोह गरेका हौं, अब एमाले पुनर्गठन गर्छौं

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २०:३६
1140x725

काठमाडौं- बुधबार नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले आफूहरुले एमालेबाट वैधानिक विद्रोह गरेको र अब एमाले पुनर्गठनका लागि भूमिका खेल्ने बताएका छन्।

आफ्नो नेतृत्वमा नयाँ पार्टी, नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै यस्तो बताएका हुन्। 

उनले अपिलमा भनेका छन्, ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ। हाम्रोे पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो। उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौँ महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार नचल्नु हो।’

नेपालले भनेका छन्, ‘नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ। त्यसका निम्ति एमालेलाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ। नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौँ।’

पार्टीपंक्ति र आमजनसमुदायमा हार्दिक अपिल

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
यतिवेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ। हाम्रोे पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो। उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौँ महाधिवेशनबाट पारित गरिएका निर्णयअनुसार नचल्नु हो।

पार्टीको नवौँ महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन। उहाँ पार्टी महाधिवेशनप्रति इमानदार रहनुभएन। उहाँले महाधिवेशनका निर्णय पालना नगरी आफूखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। त्यसैबीच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गरेर निर्माण गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधिअनुसार कहिल्यै चल्नुभएन। मुलुकको प्रधानमन्त्रीसमेत रहेका उहाँले सरकार पनि पार्टी नीति र जनअपेक्षाअनुसार चलाउनुभएन। उहाँ मुलुकको संविधानअनुसार पनि चल्नुभएन।

फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो। उहाँले ०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन गर्न सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (मओवादी केन्द्र) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्माण हुनु नेपाली कम्युनिस्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो, तर केपी ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन। ०७७ फागुन २३ मा आदालतको फैसलाद्वारा त्यो एकता भंग भयो। अदालतको उक्त फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्वावस्थामै फर्कनुपर्ने स्थिति सिर्जना भएको थियो। त्यस अवस्थामा नेकपा (एमाले) को ०७५ जेठ २ सम्म कायम रहेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने हो भन्ने सम्बन्धमा निर्णय लिनुपर्दथ्यो। पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसका निम्ति पहल गर्नुपर्दथ्यो, तर उहाँले त्यस्तो कुनै पनि पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी नेकपा (एमाले) को नवौँ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्नेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनतर्फ धकेलिदिनुभयो।

त्यस प्रकारको विषम परिस्थितिमा हामीले २०७७ चैत ४-५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवं गहन रूपमा छलफल गरी ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने आह्वान गर्‍याैँ, तर ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाउनुभयो। उहाँले सांगठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवं विचार र नवौँ महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उल्लंघन गर्नेजस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गर्नुभयो। उहाँ गाली लौजमा समेत उत्रिनुभयो। उहाँले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौँ प्रकारका चालबाजी र नाटक त गर्नुभयो, तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न चाहनुभएन। निरन्तर रूपमा विभाजनकारी निर्णय र गतिविधि गर्दै अगाडि बढ्नुभयो। हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गर्‍याैँ, तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो। त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ।

उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने अर्कोतर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नवीकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रूपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अल्मल्याउने काम गरिरहनुभयो। यति मात्र होइन, उहाँले कहिले स्पष्टीकरण, कहिले कारबाही, कहिले आममाफी, गद्दार, देशद्रोही घोषणा गर्दै फलानो-फलानो व्यक्तिको निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्वपंक्तिबीच विभाजन ल्याई अलमल्याउने र कतिपयलाई तान्ने काममा लागि रहनुभयो। हुँदाहुँदा २०७८-०५-०१ गतेका दिन त उहाँले पार्टी नेता र सांसदहरूलाई कारबाही गरी गैरकानुनी रूपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ। नेकपा (एमाले) को पुनर्गठन एवं रूपान्तरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ। 

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी हाम्रा अग्रजहरूको क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको बलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन चाहन्छौँ। हाम्रो पार्टीले स्थापना कालदेखि नै राष्ट्र र जनतासमक्ष राखेका लक्ष्य उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ। त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्नुपर्ने आवश्यकता परेको छ। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकासका निम्ति पनि हामीले दृढताका साथ अगाडि बढ्नुपर्ने भएको छ। यही दायित्वबोधका साथ अगाडि बढौँ। 

प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय, 
हामी देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन सक्तैनौँ। हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौँ। नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ। त्यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ। नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छाैँ। कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ-आफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्‍याउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ। 

माधवकुमार नेपाल
 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्