काठमाडौं- ताकेश्वरमा तास र नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन्।
ताकेश्वर नगरपालिका-८ भेटघाट चोकस्थित मुना बुढाथोकीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ६ बुक र नगद २ लाख ६९ हजार ९ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई जुवा ऐन अनुसार म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।