काठमाडौं- भारतको ‘आइ’ लिगमा पहिलोपटक नेपाली प्रशिक्षक आबद्ध भएका छन्। लिग च्याम्पियन गोकुलम केरेला एफसीले नेपाली प्रशिक्षक मनिष तिम्सिनालाई गोलरक्षक प्रशिक्षक नियुक्त गरेको हो।
एन्फाको धरान एकेडेमीका गोलकिपर प्रशिक्षकका रुपमा कार्यरत ३३ वर्षे तिम्सिनाले केरेलासँग सोमबार सन् २०२१/२२ को सिजनका लागि सम्झौता गरेका हुन्। सम्झौता अनुसार उनी २०२२ मे अन्तिमसम्म क्लबमा आबद्ध रहनेछन्।
गोकुलमको महिला टोलीबाट नेपाली राष्ट्रिय टोलीकी सावित्रा भण्डारीले खेलिसकेकी छन्।
तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, आरसिटी, हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भु, ब्रिगेड ब्वाइजबाट खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।