• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी गाडीबाटै बलात्कारका अभियुक्त फरार प्रकरण : चार प्रहरी निलम्बित 

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २१:०८
1140x725

काठमाडौं– बलात्कार मुद्दाका एक अभियुक्त जनसेवा वृत्तको गाडीबाटै फरार भएको घटनामा लापरबाही भएको भन्दै चार प्रहरीलाई निलम्बन गरिएको छ। हत्कडी लगाएका अभियुक्त विनोद परियार फरार भएको घटनामा राम्रोसँग जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको हो। 

निलम्बित हुनेहरुमा प्रहरी वृत्त जनसेवाका एक प्रहरी नायव निरीक्षक (सई), एक हवल्दार र दुई प्रहरी जवान छन्। अभियुक्त परियार गत शुक्रबार कोरोना परीक्षणका लागि वीर अस्पताल लगेर हिरासत कक्ष जनसेवा वृत ल्याउने क्रममा न्यूरोडबाट फरार भएका थिए। 

गाडीबाटै हत्कडी लगाएका अयिभुक्त भाग्नुले उनलाई ल्याउने लैजाने जिम्मेवारी पाएका प्रहरीसमेतको मिलेमतोको आशंका गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई घटनाको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

त्यसपछि परिसर काठमाडौंले समिति गठन गरी छानबिन गरेको थियो। छानबिनका क्रममा ड्युटीमा खटिएकाहरुले राम्रोसँग जिम्मेवारी निभाउन नसकेको निष्कर्ष निकाल्दै उनीहरुलाई निलम्बन गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले नेपाल लाइभलाई जानकारी दिए। 

‘एक हवल्दार र दुई सिपाहीलाई निलम्बन गरेका छौं। सहीको हकमा भने निलम्बनका लागि प्रहरी हेडक्वाटरलाई लेखि पठाएका छौं,’ सिंहले भने।

अभियुक्त फरार भएको घटनामा राम्रोसँग जिम्मेवारी निभाउन नसकेको भन्दै चार प्रहरीलाई निलम्बन गरिएपनि पाँच दिन हुँदासम्म उनलाई भेट्टाउन सकिएको छैन। उनी भागेर जानसक्ने सम्भावित ठाउँदेखि मोबाइलसम्मको लोकेशन प्रहरीले केलाइसकेको छ। 

उपत्यकाबाट प्रहरी नियन्त्रणमा रहेका अभियुक्त पटक पटक भाग्छन्

यसअघि पनि काठमाडौं उपत्यकाका हिरासतबाट तथा म्याद थपका लागि अदालत लैजाँदा अभियुक्तहरु फरार हुने गरेका थिए। २०७५ साउनमा प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा, सुकलाल वाइबा र मदन तामाङ फरार भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनीहरु फरार भएपछि ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विक निलम्बनमा परेका थिए।

त्यसैगरी, गत असोजमा मात्रै प्रहरी वृत्त कालिमाटीबाट पनि अनिल जैसवाल, आसु जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल फरार भएका थिए। राति ड्युटीमा रहेको टोलीले उनीहरुलाई चोरीमा संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरेर वृत्त कालिमाटी पुर्‍याएको थियो। 

कोरोना परीक्षण नगरी अभियुक्तलाई सिधैं हिरासतमा नराखि उनीहरुलाई वृत्त परिसरमै रहेको आइसोलेसनमा राखिएको थियो। सो क्रममा राति करिब ३ बजेतिर उनीहरु भागेका थिए। 

२०७५ पुसमा काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका अभियुक्त सिन्धुपाल्चोकको बलेसीका लालकाजी तामाङ हत्कडीसहित फरार भएका थिए। पछि उनलाई सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको थियो। 

उता, २०७६ असारको तेस्रो साता प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना अभियुक्त फरार भएका थिए। हिरासतमा कक्षमा रहेको ट्वाइलेटको झ्यालको ग्रिल काटेर विकास र रुपेश भनिने रामेछाप नगरपालिका-५ का २५ वर्षीय रुद्रलाल श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय समशेर माझी र रवीकुमार तिमल्सिना फरार भएका थिए। 

म्याद थप गर्न अदालत लगेका बेला अदालतको ट्वाइलेटमा उनीहरूका साथीले पूर्वयोजना अनुसार ‘ह्याक्सो ब्लेड’ राखिदिएका थिए। सोही ह्याक्सो ब्लेड शरीरमा लुकाएर हिरासतसम्म पुग्न सफल भएका उनीहरू ग्रिलको रड काटेर भाग्नसमेत सफल भएका थिए। पछि उनीहरुलाई पक्राउ गरेको थियो। 

अभियुक्त फरार भएपछि छानबिन समिति गठन गरेर कारबाही गरेजसो गरी केही दिनका लागि निलम्बन गर्नुबाहेक अहिलेसम्म ड्युटीमा खटिएका प्रहरीलाई त्यो बढी कारबाही हुन सकेको छैन। 

मिलेमतोमा थुनुवा फरार भएको पुष्टि भएमा १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

कारागार ऐन २०१९ को दफा २४ अनुसार अदालत र कारागारका कर्मचारीबाहेक प्रहरी वा अन्य सरकारी कर्मचारीले अभियुक्त भगाएमा जन्मकैद पाएको वा त्यस्तो सजाय पाउने खालको अपराध गरेको भए ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अन्य थुनुवा, कैदीका हकमा भने २ वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

कर्तव्य पालनका सिलसिलामा लापरबाही भएकै कारण कैदी तथा थुनुवा भागेको अवस्थामा भने ५ महिनासम्म कैद वा २ सय रुपैयाँसम्म जरिवाना हुनसक्छ। तर, कर्तव्य पालनकै सिलसिलामा प्रहरीबाट लापरबाही भएर थुनुवा वा कैदी फरार भएमा पनि २ सय जरिवाना र ५ महिनासम्म कैद भएको पाइँदैन। 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
रोहिङ्ग्या संकट झन् गहिरिँदै, गुटेरेसले मागे विश्व समुदायको तत्काल पहल मंगलबार, भदौ ९, २०८३
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्