• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी गाडीबाटै बलात्कारका अभियुक्त फरार प्रकरण : चार प्रहरी निलम्बित 

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  २१:०८
1140x725

काठमाडौं– बलात्कार मुद्दाका एक अभियुक्त जनसेवा वृत्तको गाडीबाटै फरार भएको घटनामा लापरबाही भएको भन्दै चार प्रहरीलाई निलम्बन गरिएको छ। हत्कडी लगाएका अभियुक्त विनोद परियार फरार भएको घटनामा राम्रोसँग जिम्मेवारी पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको हो। 

निलम्बित हुनेहरुमा प्रहरी वृत्त जनसेवाका एक प्रहरी नायव निरीक्षक (सई), एक हवल्दार र दुई प्रहरी जवान छन्। अभियुक्त परियार गत शुक्रबार कोरोना परीक्षणका लागि वीर अस्पताल लगेर हिरासत कक्ष जनसेवा वृत ल्याउने क्रममा न्यूरोडबाट फरार भएका थिए। 

गाडीबाटै हत्कडी लगाएका अयिभुक्त भाग्नुले उनलाई ल्याउने लैजाने जिम्मेवारी पाएका प्रहरीसमेतको मिलेमतोको आशंका गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई घटनाको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

त्यसपछि परिसर काठमाडौंले समिति गठन गरी छानबिन गरेको थियो। छानबिनका क्रममा ड्युटीमा खटिएकाहरुले राम्रोसँग जिम्मेवारी निभाउन नसकेको निष्कर्ष निकाल्दै उनीहरुलाई निलम्बन गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले नेपाल लाइभलाई जानकारी दिए। 

‘एक हवल्दार र दुई सिपाहीलाई निलम्बन गरेका छौं। सहीको हकमा भने निलम्बनका लागि प्रहरी हेडक्वाटरलाई लेखि पठाएका छौं,’ सिंहले भने।

अभियुक्त फरार भएको घटनामा राम्रोसँग जिम्मेवारी निभाउन नसकेको भन्दै चार प्रहरीलाई निलम्बन गरिएपनि पाँच दिन हुँदासम्म उनलाई भेट्टाउन सकिएको छैन। उनी भागेर जानसक्ने सम्भावित ठाउँदेखि मोबाइलसम्मको लोकेशन प्रहरीले केलाइसकेको छ। 

उपत्यकाबाट प्रहरी नियन्त्रणमा रहेका अभियुक्त पटक पटक भाग्छन्

यसअघि पनि काठमाडौं उपत्यकाका हिरासतबाट तथा म्याद थपका लागि अदालत लैजाँदा अभियुक्तहरु फरार हुने गरेका थिए। २०७५ साउनमा प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा, सुकलाल वाइबा र मदन तामाङ फरार भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरु फरार भएपछि ड्युटी अफिसर भीमबहादुर थापा, ड्युटीमा रहेका हवल्दार बोधबहादुर माझी र चन्द्रबहादुर विक निलम्बनमा परेका थिए।

त्यसैगरी, गत असोजमा मात्रै प्रहरी वृत्त कालिमाटीबाट पनि अनिल जैसवाल, आसु जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल फरार भएका थिए। राति ड्युटीमा रहेको टोलीले उनीहरुलाई चोरीमा संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरेर वृत्त कालिमाटी पुर्‍याएको थियो। 

कोरोना परीक्षण नगरी अभियुक्तलाई सिधैं हिरासतमा नराखि उनीहरुलाई वृत्त परिसरमै रहेको आइसोलेसनमा राखिएको थियो। सो क्रममा राति करिब ३ बजेतिर उनीहरु भागेका थिए। 

२०७५ पुसमा काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका अभियुक्त सिन्धुपाल्चोकको बलेसीका लालकाजी तामाङ हत्कडीसहित फरार भएका थिए। पछि उनलाई सिन्धुलीबाट प्रहरीले पक्राउ गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता, २०७६ असारको तेस्रो साता प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना अभियुक्त फरार भएका थिए। हिरासतमा कक्षमा रहेको ट्वाइलेटको झ्यालको ग्रिल काटेर विकास र रुपेश भनिने रामेछाप नगरपालिका-५ का २५ वर्षीय रुद्रलाल श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय समशेर माझी र रवीकुमार तिमल्सिना फरार भएका थिए। 

म्याद थप गर्न अदालत लगेका बेला अदालतको ट्वाइलेटमा उनीहरूका साथीले पूर्वयोजना अनुसार ‘ह्याक्सो ब्लेड’ राखिदिएका थिए। सोही ह्याक्सो ब्लेड शरीरमा लुकाएर हिरासतसम्म पुग्न सफल भएका उनीहरू ग्रिलको रड काटेर भाग्नसमेत सफल भएका थिए। पछि उनीहरुलाई पक्राउ गरेको थियो। 

अभियुक्त फरार भएपछि छानबिन समिति गठन गरेर कारबाही गरेजसो गरी केही दिनका लागि निलम्बन गर्नुबाहेक अहिलेसम्म ड्युटीमा खटिएका प्रहरीलाई त्यो बढी कारबाही हुन सकेको छैन। 

मिलेमतोमा थुनुवा फरार भएको पुष्टि भएमा १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

कारागार ऐन २०१९ को दफा २४ अनुसार अदालत र कारागारका कर्मचारीबाहेक प्रहरी वा अन्य सरकारी कर्मचारीले अभियुक्त भगाएमा जन्मकैद पाएको वा त्यस्तो सजाय पाउने खालको अपराध गरेको भए ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। अन्य थुनुवा, कैदीका हकमा भने २ वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

कर्तव्य पालनका सिलसिलामा लापरबाही भएकै कारण कैदी तथा थुनुवा भागेको अवस्थामा भने ५ महिनासम्म कैद वा २ सय रुपैयाँसम्म जरिवाना हुनसक्छ। तर, कर्तव्य पालनकै सिलसिलामा प्रहरीबाट लापरबाही भएर थुनुवा वा कैदी फरार भएमा पनि २ सय जरिवाना र ५ महिनासम्म कैद भएको पाइँदैन। 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्